कोरोना संक्रमणले हात्ती पाल्नै कठिन

चितवन, साउन २८ । बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस, विभिन्न कार्याक्रमका साथ विश्वभर यो दिवस मनाइयो । चितवनमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले निरन्तरको लकडाउन र कोरोना संक्रमणले हात्ती पाल्नै कठिन भएको बताउनुभयो । एउटा हात्ती पाल्न […]

सम्बन्धित सामग्री

चितवनमा आजदेखि हात्ती महोत्सव, ४० हात्तीलाई वनभोज खुवाइने

चितवन । पर्यटकीय नगरी सौराहामा आजदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ । कोरोना महामारी पछि स्थगित भएको हात्ती महोत्सव क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । चार वर्ष पछि फेरि आयोजना गरिएको हात्ती महोत्सवमा यसपालि हात्तीको खेलहरू हुने छैनन् । भने महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल […]

सौरहामा चार वर्षपछि हात्ती महोत्सव हुँदै

चितवन । कोरोना महामारीपछि रोकिएको हात्ती महोत्सव यसवर्षबाट सञ्चालन गरिने भएको छ । सौरहामा हरेक वर्ष हुँदै आएको महोत्सव चार वर्षपछि आउँदो पुस १० गतेदेखि १७औँ पटक हुन लागेको हो । क्षेत्रीय होटल संघ सौराहाले आयोजना गर्ने महोत्सवमा हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोन, हात्तीको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता लगायतका हात्तीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु तय गरिएका छन् […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ। निकुञ्ज पर्यटकका लागि दोस्रो चरणको कोरोना भाइरसको महामारी फैलिएपछि गत बैशाखदेखि बन्द गरिएको थियो।अहिले हात्ती सफारीबाहेकका पर्यटकीय खुला गरिएको निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनले जानकारी दिए। जंगल सफारी, जंगल वाक, र्‍याफटिङ तथा डुंगा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि असोज १३ गतेदेखि खुला गरिएको उनले बताए।‘निकुञ्ज प्रवेश गर्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया : कोरोना महामारीको दोस्रो लहर बढेपछि गत वैशाखदेखि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुुञ्ज करिब पाँच महिनापछि पर्यटकका लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि आजदेखि प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए। दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए।निकुञ्जभित्र हुने हात्ती सफारी, भने अहिले खुला गरिएको छैन। जिप सफारी र जंगल वाक, ¥य

जङ्गल सफारीमा प्रयोग हुने हात्ती धमाधम बेचिँदै

चितवन । कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जङ्गल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् । यो वर्ष पनि हात्ती बिक्री रोकिएको छैन । गैरसरकारी संस्था जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) ले हात्ती खरिद–बिक्री तथा निकासी रोक्न माग गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र नै पठाएको छ । गत […]

निकुञ्जले हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायी खुशी

साउन १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्र पर्ने सामुदायिक वनमा हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायीमा केही आशा पलाएको छ ।  साउन १ गतेदेखि चितवन प्रशासनले होटल तथा रेष्टुरेण्ट निश्चित मापदण्ड तोकेर खोल्न अनुमति दिएपनि पर्यटक नआउँदा व्यवसायीहरु निराश बनेका थिए । हात्ती सफारी सञ्चालनमा आएपछि पर्यटक गतिविधि बढ्ने भन्दै अहिले उनीहरु खुशी भएका हुन् ।  ‘हात्ती सफारी खुलेपछि व्यवसायी, माउते, गाइड, स्थानीय सबैले काम पाउँछन् ।’ यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था, सौराहाका अध्यक्ष ऋषि तिवारीले भने । सौराहाको पयार्यवाचीनै हात्ती भएकोले हात्ती बिना सौराहाको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ ।  हात्ती सफारी सौराहाका पर्यटनको मेरुदण्ड र आम्दानीकोे मुख्य स्रोत भएकोले पनि हात्ती सफारी अपरिहार्य हुने व्यवसायीले बताएका हुन् ।  कोरोनाको दोस्रो लहर शुरु भएपछि बन्द भएको हात्ती सफारी, जीप सफारी र ढुंगा सयर करीब तीन महीनापछि खुला गरिएको हो । पछिल्लो पटक वैशाख १६ गतेदेखि सौराहाको सफारी बन्द भएको थियो । सौराहा होटल रेष्टुरेण्ट सञ्चालनमा आएको १२ दिनपछि सफारी खुल्ला गरिएको हो । सामुदायिक वनमा सफारीको लागि निकुञ्जले टिकट खुल्ला गरेको हो । सौराहा यही साउन १ गतेदेखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी होटलहरु आंशिक रुपमा खुला गरिएको थियो । क्षत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई हात्ती सफारी खुलेपछि मात्र सौराहा खुल्यो भन्ने सन्देश अन्तरराष्ट्रिय स्तरमा समेत जाने बताए । ‘हिजोसम्मपनि सौराहा सुनसान जस्तै लागेको थियो, उनले भने, हात्ती सफारी खुल्ने भन्ने बित्तिकै केही गतिविधि बढेको अनुभव गरेका छौं ।’ हात्ती सफारी खुल्ने वित्तिकै होटलका कर्मचारी, गाइडहरु आउनुका साथै स्थानीय पसल, मासुजन्य व्यवसाय लगायत सबै व्यवसाय चलायमान हुन लागेको उनको भनाइ छ । वर्षामा निकुञ्ज भित्र जीप सफारी सञ्चालन नहुने भएपनि सामुदायिक वनमा हात्ती सफारी गर्न पाउँदा सबैलाई राहत मिल्ने उनले बताए ।  हात्ती सफारी खुल्ने वित्तिकै बुकिङ पनि बढ्ने, पर्यटकको बसाई अवधि पनि बढ्ने र चहलपहल पनि बढ्ने रेष्टुरेण्ट एण्ड बार एशोसियसनका रेबानका अध्यक्ष दिेपेन्द्र खतिवडा बताउँछन् । ‘मुख्य गरी हात्ती सफारी गर्न नै सौराहा आउने हो, हात्ती सफारी खुलेपछि मात्रै यहांँ चहलपहल बढ्ने गर्दछ ।’ खतिवडाले भने । सौराहाको विशेषतानै हात्ती सफारी भएकोले आफूलाई खुशी मिलेको उनको भनाइ छ ।  बीसहजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका यहाँका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र ढुंगा शयरको लागि खुल्ला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीहरुको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुल्ला गरिएको उनले बताए । कोरोना महामारीको जोखिम कायमै रहेकाले तत्कालका लागि निकुञ्ज खुल्ला गर्ने अवस्था नरहेको भन्दै उनले अवस्था सामान्य बन्दै गएपछि  वर्षापछि निकुञ्ज खुल्ला गरिने उनले बताए । निकुञ्ज सफारीका लागि बाटो मर्मत गरेर मात्र निकुञ्ज खुला गर्ने योजना रहेको छ । हात्ती सफारीको लागि यहाँ निजी र सरकारी हात्ती झण्डै डेढसयको हाराहारीमा छन् ।  सामान्य  अवस्थामा चितवन निकुञ्जमा वार्षिक करीब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । सौराहाको मुख्य आम्दानीको स्रोत निकुञ्ज र सामुदायिक वनमा सफारी हो । यहाँ घुम्न आएका पर्यटकहरु दुई रात तीन दिनसम्म बस्ने गरेका छन् । सौराहामा १२० भन्दा बढी पर्यटकीय होटल तथा ८५ ओटाको हाराहारीमा रेस्टुरेन्ट छन् ।

विस्थापित हुने क्रममा चितवनका निजी हात्ती

वैशाख २, चितवन । जंगल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना संक्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र विक्रीसमेत गर्न थालेको जानकारी दिइएको छ । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो संख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउँछन् । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ । दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रू. एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनओटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्यांक नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रू. ८० लाखदेखि एक करोडसम्ममा विक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ ।  संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती विक्री गरेको स्वीकार गर्दैनन् ।  युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उनको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उनले बताए । उनले भने, ‘बीमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।’ कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गरे । पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत संकलन भएको व्यवसायी बताउँछन् ।  तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पुर्‍याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन । सौराहामा युनाइटेड हात्तीमा आबद्धबाहेक सपना भिलेजका आठ र ओम रिजालका आठ वटा हात्ती सञ्चालनमा रहेका छन् । विस्थापित भएका हात्ती बूढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकूदमा कुनै समस्या नहुने व्यवसायी बताउँछन् । पशु अधिकारकर्मीले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी बनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिए । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका विषयमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउँछन् । युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्न नै चाहँदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ ।   हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुंगी हेरेर रमाउने गरेको घिमिरेको भनाइ छ । गत वर्ष कोरोना संक्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । रासस

मचानमा सशस्त्र प्रहरी

हात्ती धपाउने सहजताका लागि दशकअघि सरकारले पक्की मचान बनाएको थियो । कोरोना महामारीअघि बाहुनडाँगीवासी ढुक्कसाथ मचान (टुङ) मा बस्थे । अहिले यहाँ सशस्त्र प्रहरीको सानो टुकडी बस्छ ।

हात्ती पाल्नै सकस

कोरोना महामारी लम्बिँदै जाँदा पर्यटकीय गतिविधि सुनसान भएपछि हात्तीको पेट कसरी भर्ने भन्ने चिन्तामा चितवनका

बर्दिया निकुञ्जका बाघ, राजमार्गमा ‘क्याटवाक’ ! (फोटो फिचर)

बर्दिया – कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देशभर लकडाउन हुँदा पूर्व–पश्चिम राजमार्गमा गाडी नगुड्दा बाघ, हात्तीलगायतका अन्य वन्यजन्तुहरु दिनहुँजसो राजमार्गमा देखिन थालेका छन् ।   पहिले जङ्गलभित्र मात्रै देखिने बाघ, हात्ती, गैँडालगायतका वन्यजन्तु लकडाउनकाे बेला राजमार्गमै देखिन थालेकाे बर्दिया राष्...