विश्व विनोद दुई बालकविता

हात्ती आयो लसकलसक, माछो आयो पौडी, पुतलीले फुरफुर गर्दा, घोडा आयो दौडी। कछुवाले सुस्तसुस्त, हिँड्यो घस्रिएर, खरायोले हिँड्यो साथी, आफैं उफ्रिएर। लमकलमक गैंडा हिँड्यो, डल्फिनले पौड्यो,माउसुली घिस्रिरह्यो, चितुवाचाहिँ दौड्यो।...