काठमाण्डाै - आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
‘रेबिज : तथ्य बुझाैँ,त्रसित नबनाैँ' भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।
जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएक...