काठमाडौं : आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्। नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।