सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा

जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्

सम्बन्धित सामग्री

अनुहार र एजेन्डा पुरानै

स्थानीय तह निर्वाचन २०७४ मा चौकुने गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिँदा निर्मला राना मगरको घोषणापत्रको छैठौं बुँदामा थियो– सबै घरमा खानेपानी धारा निर्माण गरी स्वच्छ पानी पुर्‍याउने । उनी निर्वाचित पनि भइन् तर ३ नम्बर वडाको रेक्चा र पुज्मामा खानेपानीको हाहाकार छ ।

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

बनेपा, २७ चैत । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भने“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो । ” सोही वडाका दमाराका […]

सल्यान घुइयावारीका घर–घरमा खानेपानी धारा

सल्यान ।  कालीमाटी गाउँपालिका ७ घुइयावारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि सधैँ बबई नदिना जानुहुन्थ्यो । खानेपानी नहुँदा बबइको पानी खान थालेको बर्षौ बितेको थियो  ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदिको पानीको प्रयोग गर्दै […]

घर–घरमा खानेपानी धारा पुगेपछि स्थानीय हर्षित्

बाजुराको बडिमालिका नगरपालिका –८ का झण्डै चार सय घरपरिवारको घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीयहरु हर्षित् हुनुभएको छ । बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०७६–७७ सालमा झण्डै चार करोड रुपियाँको लागतमा सो वडामा ‘एक घर एक धारा’ निर्माण कार्य सुरु गरेको थियो । घण्टौंको बाटो हिँडेर पानी ल्याउन बाध्य हुँदैआएका स्थानीय अहिले घरमै शुद्ध खानेपानी पाएपछि दंग पर्नुभएको छ ।

चौरपानी गाउँको ६० घरमा खानेपानी धारा जडान

वागचौर नगरपालिका ३ चौरपानीका ५५ वर्षीया टोपी शर्मालाई खानेपानीका लागि विहान सवेरै कुवा पुग्नुपर्ने वाध्यता अहिले हटेको छ । घर–घरमा खानेपानी धारा जडान भएपछि उहाँको दैनिकी फेरिएको हो ।

बागमती प्रदेशमा ‘एक घर, एक धारा’ निर्माण अभियान

हेटौंडा । बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि सो अभियान अघि बढाएको हो । आगामी ५ वर्षभित्र प्रदेशका १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियान अन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियान अन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७७÷७८ मा आठओटा खानेपानी आयोजना सम्पन्न गरेको जानकारी दिएको छ । कार्यालयले संघीय सशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच आयोजना सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले बताएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ ओटा आयोजना सम्पन्न भएको थियो । त्यसको कुल बजेट ६० करोड २९ लाख रहेकोमा ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तीय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको श्रेष्ठले जानकारी दिए । यसअघि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १८ ओटा र आर्थिक वर्ष २०७६/७७ मा १५ ओटा गरी कुल ३३ ओटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौंडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएको छ । हेटौंडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको हो । बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल १ करोड १५ लाख लागतमा इनार निर्माण गरेको छ । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरू भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । यसअघि दैनिक १ करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डमार्फत अहिले दैनिक १ करोड ७२ लाख लिटर आपूर्ति हुन थालेको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक १ करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ । रासस

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

वाग्मती, २७ भदौ: खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम […]