जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गर्ने पसल तथा व्यवसायलाई जरिवाना गरी ४२ हजार राजस्व संकलन गरेको छ । मंगलबार प्रशासन कार्यालयले स्थलगत अनुगमनका क्रममा निषेधाज्ञा अवधिमा अटेर गरी पसल व्यवसाय सञ्चालन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका क्षेत्रका १२ वटा पसललाई जरिवाना गराएको हो ।प्रशासन कार्यालयले ३ वटा खुवा पसल, २ वटा तरकारी तथा फलफूल पसल, एउटा किराना पसललाई ३÷३ हजार जरिवाना गरेको छ भने एक वटा घडी तथा मोवाइल मर्मत पसललाई १ हजार र २ व