निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट १ लाख रुपैयाँ जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट प्रहरीले १ लाख २८ हजार ६०० रुपैयाँ जरिवाना गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, २ मोटरसाइकल तथा २४ चारपांग्रे सवारीसाधनलाई कारबाही गरी जरिवाना असुल गरिएको हो । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा २१(२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

सम्बन्धित सामग्री

एक सातामा चार लाख बढी राजश्व उठ्याे, तीन हजार बढी कारबाहीमा

काठमाडौं : सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश २०७८’ लागू गरेकाे एक सातामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी व्यक्ति कारबाहीमा परेका छन्।प्रहरी प्रधान कार्यालयकाअनुसार देशभर गत १४ गतेदेखि हालसम्म जारी निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार दुई सय १४ जना व्यक्तिलाई कारबाही गरी जरिवाना गराइएको हाे।कारबाहीमा पर्नेमा निषेधाज्ञालाई मिचेर पसल खोल्ने, जथाभावी हिँड्डुल गर्ने लगायतका छन्। जरिवानाबाट चार लाख ३८ हजार राजश्व उठेको छ। यही अवधिमा २४ हजार ६

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

निषेधाज्ञा उल्लंघन गर्नेलाई सय रुपैयाँ जरिवाना

दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा विहिबार निषेधाज्ञा उलंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रति व्यक्ति १ सय रुपैयाँ जरिवाना लिइएको हो ।संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय […]