बागलुङ : बागलुङमा स्थानीय तहको निर्वाचन सकियो। निर्वाचनमा धेरै समुदायबाट जनप्रतिनिधिहरु चुनिए। १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचान विहीन कायत समुदायले पनि स्थान पायो।ढोरपाटन नगरपालिका वडा नम्बर ७ मात्रै रहेको कायत समुदायले यसपालिको निर्वाचनमा तीन जना जनप्रतिनिधि पाएको छ। एक उपमेयर र दुई वडा सदस्य कायत समुदायका छन्।ढोरपाटन नगरपालिकाको उपमेयर धनबहादुर कायत (कल्याण), वडा नम्बर ७ को वडा सदस्यमा खगीसरा कायत र रामबहादुर कायत निर्वाचित भएका छन्।उनीहरु सबै फरक–फरक पार्टीबाट