काठमाडौं : दशैँ आउन करिब एक महिनामात्र बाँकी हुँदा पनि अग्रिम टिकट खुलाउनेसम्बन्धमा अन्योल देखिएको छ।सरकारले अग्रिम टिकट खोल्न कुनै चासो देखाएको छैन। घटस्थापना आउन करिब २५ दिनमात्र बाँकी रहँदा यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच लामो रुटमा चल्ने सवारीसाधनको अग्रिम टिकट खोल्न कुनै छलफल भएको छैन।दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन्। धेरै ठाउँमा बाटो बिग्रिएकाले दुःख पाउने अवस्था रहेको यातायात व्यवसायी