काठमाडौं : १२ मंसिर २०७५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना तामझामका साथ सार्वजनिक गरे। देशमा सामाजिक सुरक्षाको चर्चा भएको चार वर्ष पूरा भयो तर चर्चा गरेअनुसार काम हुन सकेन। यसरी भन्नुपर्दा चर्चा धेरै काम थोरै भएको देख्न सकिन्छ। सरकारले ल्याएको सुरक्षा योजनामा औपचारिक तथा अनौपचारिक दुबै क्षेत्रमा काम गर्ने सबैलाई समेट्न सकेको छैन। शुरुवाती चरणमा सबैलाई समेट्ने योजना बनाए पनि चार वर्षसम्म निजी क्षेत्रमा काम ग