गण्डकी प्रदेशः मतदान छल्न कोरोना बहाना

काठमाडौं, बैशाख १६ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाही बुधबार एकाएक सम्पर्कविहीन भए। बुधबार नै प्रदेशसभाको बैठकमार्फत प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको टुंगो लाग्ने तयारी थियो। अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा शाही सम्पर्कविहीन भएपछि प्रदेशसभामा खैलाबैला मच्चियो। शाही अनुपस्थित हुँदा अश्विास प्रस्ताव फेल हुने सम्भावना थियो। त्यसैले शाहीको चारैतिर खोजी सुरु भयो। […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीले जिते कोरोना

जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना जितेका छन् ।  उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन उनी एकाएक बेपत्ता भएका थिए भने पछि अस्पतालमा फेला परेका थिए।   उनी बेपत्ता भएकै कारण बैठक स्थगित भएको थियो । सांसद शाहीको नवौं दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।    सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबारका लागि बोलाइएको छ।

‘विरामी भएर अस्पताल आएकाे हुँ, पार्टीकाे निर्णयमा अडिग छु’

काठमाडौं : कोरोना संक्रमित भइ अस्पतालमा उपचाररत गण्डकी प्रदेश राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध रहेको जनाएका छन्।बुधबार गण्डकी प्रदेश सभामा उपस्थित नभई अस्पताल भर्ना भएका शाहीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री विरुद्ध अविश्वाको प्रस्तावको पक्ष मतदान गर्ने पार्टी निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको स्पस्ट पारेका छन्।पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति सहमति रहेको शाह

कोरोना संक्रमण नभएका सांसद शाही कोभिड वार्डको बेडमा, बाहिर कडा पहरा

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ । उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट भने पोजेटिभ आएको दाबी गरिएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय हुँदा शाही वेपत्ता भएका थिए । […]

गण्डकी प्रदेशसभाका तीन सांसदमा कोरोना संक्रमण पुष्टि

गण्डकी। गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। एमालेका राजिव पहाडी, नेपाली कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइरालामा कोरोनाको संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। आज हुने प्रदेशसभाको बैठकमा संक्रमित सांसदहरुले बोल्न भने पाउने छैनन्। तर अविश्वासको प्रस्तावमाथि मतदान भने गर्न पाउनेछन्। त्यसैगरी प्रदेशसभाका दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकीका ३ सांसदमा कोरोना पुष्टि : मतदान गर्न पाइने, बोल्न नपाइने

गण्डकी प्रदेश सभाका ३ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सत्तारुढ नेकपा एमालेको माग अनुसार मंगलवार सबै ६० सांसदको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले ३ जना प्रदेशसभा सदस्यमा संक्रमण पुष्टि भएको जानकारी दिए । मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको कोरोना परीक्षण गर्ने सहमति भएको थियो । सहमति अनुसार संक्रमण देखिएका सांसदले मतदानमा सहभागी हुन पाइने र बोल्न नपाइने जनाइएको छ । प्रदेशसभा विशेष अधिवेशनमा...

गण्डकीमा सरकार टिक्ने कि ढल्नेको छिनोफानो हुने, दुवै पक्षबाट फ्लोर क्रस हुनसक्ने

काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आज टुंगो लाग्दैछ । तीन दिन अघि दर्ता भएको अविश्वासको प्रस्तावको आजसम्म टुंगो लगाइसक्नुपर्ने व्यवस्था अनुसार निर्णयार्थ प्रस्तावमाथि मतदान हुने बुझिएको छ । कोरोना भाइरसको परीक्षण नगरी अविश्वासको प्रस्तावमाथि मतदान हुन नदिने अभिप्रायले सत्तापक्षका सांसदहरुले विरोध गरेपनि आज मतदानको तयारी भएको हो । […]