गण्डकी प्रदेश सभाका ३ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सत्तारुढ नेकपा एमालेको माग अनुसार मंगलवार सबै ६० सांसदको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले ३ जना प्रदेशसभा सदस्यमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको कोरोना परीक्षण गर्ने सहमति भएको थियो । सहमति अनुसार संक्रमण देखिएका सांसदले मतदानमा सहभागी हुन पाइने र बोल्न नपाइने जनाइएको छ ।
प्रदेशसभा विशेष अधिवेशनमा...