काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आज टुंगो लाग्दैछ । तीन दिन अघि दर्ता भएको अविश्वासको प्रस्तावको आजसम्म टुंगो लगाइसक्नुपर्ने व्यवस्था अनुसार निर्णयार्थ प्रस्तावमाथि मतदान हुने बुझिएको छ । कोरोना भाइरसको परीक्षण नगरी अविश्वासको प्रस्तावमाथि मतदान हुन नदिने अभिप्रायले सत्तापक्षका सांसदहरुले विरोध गरेपनि आज मतदानको तयारी भएको हो । […]