पोखरा। कोरोना पोजिटिभ भएर आइसीयुमा रहेका सांसद खिमबिक्रम शाहीले प्रदेशसभामा आएर स्पष्ट पारेपछि मात्रै गण्डकी प्रदेशसभाको बैठक बस्ने बताइएको छ। कांग्रेस प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले माननीय शाहीजी साँचै विरामी हो कि अपहरण हो, प्रष्ट भएपछि एक हप्ताभित्र सदन टुग्याउने बताए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन सांसद शाही विरामी आइसियुमा भर्ना भएका थिए।