भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

सम्बन्धित सामग्री

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभराउ भएपछि भर्ना पाउन छाडेका हुन् ।  यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामीको चाप बढेपछि आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।  भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताए । उनले भने, ‘हामीकहाँ आएका सेवाग्राहीहरूलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।’ विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उनले बताए । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष ६, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका छन् ।  त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पु¥याइएको छ । ती शय्याहरूमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताए । उनले भने, ‘सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौं ।’  अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो ।  अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउँछन् । अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् । बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।  अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएका छैनन् । उनले भने, ‘हाम्रा सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका छन् ।’ शिक्षण अस्पतालमा पाँच सय ५० शय्या सञ्चालनमा छन् । तीमध्ये ९० ओटा सघन उपचार कक्ष छन् । नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष अस्पतालमा छन् । ती सबै भरिएको उनले बताए ।  अस्पतालमा अधिकांश शय्या भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए । उनले भने, ‘अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो ।’ स्वास्थ्य बीमा गरेकाहरू सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रूपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।  मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको सङ्ख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरूबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरूको सङ्ख्यासमेत ठूलो छ । रासस

अस्पतालमा बिरामीको चाप, छैन बेड

इलाम । इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुइँमा सुताएर उपचार गरिएको छ । पछिल्लो समय इलाम अस्पतालमा डेंगु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यता छ । सो अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा बिरामी आउने गरेको इलाम अस्पतालका इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले बताए । डेंगु, […] The post अस्पतालमा बिरामीको चाप, छैन बेड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम

संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड