विश्व शेयर बजार ओर्लियो

कात्तिक १, मिलान (इटली) । विश्व शेयर बजार सोमवार ओरालो लागेको छ । गत त्रैमासमा चीनको अर्थतन्त्र अपेक्षा गरिएको भन्दा सुस्त गतिमा बढेको तथ्यांक सार्वजनिक भएपछि शेयर बजार ओरालो लागेको हो । विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिले महँगी बढाउने चिन्ता बीच पनि शेयर बजार दबाबमा आएको हो ।  गएको शुक्रवार चीनका राष्ट्रपति सि चिनफिङले सम्पत्तिमा अन्तर कम गर्न बुहप्रतिक्षित सम्पत्ति करलाई अगाडि बढाउने बताउँदा पनि लगानीकर्ताको मनोबल घटेको हो । विश्वको शेयर मापन गर्ने बृहत परिसूचक एमएससीआई शून्य दशमलव २ प्रतिशतले ओरोलो लागेको थियो ।  जापानमा निक्केई २२५ परिसूचक शून्य दशमलव १५ प्रतिशतले घटेको थियो । दक्षिण कोरियामा कोस्पी परिसूचकमा शून्य दशमलव २८ प्रतिशतको कमी आएको थियो । चीनमा साङ्हाई कम्पोजिट शून्यदशमलव १२ प्रतिशतले घट्दा हङकङमा हाङशेङ भने शून्यदशमलव ३१ प्रतिशतले बढ्यो ।  सिंगापुरमा सेट कम्पोजिट शून्यदशमलव ३४ प्रतिशतले बढ्दा इन्डोनेशियामा जर्कार्ता कम्पोजिट पनि बढेको थियो । यूरोपमा पनि बेलायत, फ्रान्स र जर्मन शेयर बजार शून्य दशमलव ५ प्रतिशतले देखि शून्य दशमलव ९९ प्रतिशतसम्म घटेका थिए । एजेन्सी

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]