स्वीडेनका अर्थशास्त्री भन्छन् : अमेरिकी गायिका बियोन्सेको कन्सर्टले महँगी बढ्यो

काठमाडौं । अमेरिकी गायिका बियोन्सेले आफ्नो पोल्टामा कीर्तिमानी संख्यामा ग्रामी अवार्ड पारेकी छिन् । यिनी विश्वको बेष्ट सेलिङ गायिकामध्ये एक हुन् । संगित जगतमा बियोन्सेले अनेकौं सफलता र उपलब्धि हासिल गरेकी छिन् । अहिले आएर उनको नामसँग नयाँ कुरा जोडिएको छ । एक आर्थिक विज्ञका अनुसार स्वीडेनमा महँगी अति नै उच्च स्तरमा हुनुको कारण बेयोन्से हुन् । अप्रिलको तुलनामा मेमा स्वीडेनको वार्षिक मुद्रास्फीति ८ दशमलव ४ प्रतिशतबाट घटेर ८ दशमलव २ प्रतिशतमा झरेको सरकारी तथ्यांकले देखाएको छ । यो कमी अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा निकै कम हो ।  मेमा मुद्रास्फीति ७ दशमलव ८  प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । मुद्रास्फीति अपेक्षा गरेको स्तरमा नओर्लिनुको एउटा कारण बेयोन्से भएको दान्स्के बैंकका स्वीडेनका  लागि प्रमुख अर्थशास्त्री माइकल ग्राह्न भन्छन् । स्टकहोममा मे १० र ११ मा बियोन्सेको वल्र्ड टूर शुरु भयो । सो टूर हेर्न भनेर अमेरिकादेखि विश्वभरबाट मानिसहरु स्वीडेन आए । होटल र बसोबास स्थलमै अघिल्लो महीनाको तुलनामा मेमा मूल्य ८ दशमलव ७ प्रतिशतले बढ्यो । अमेरिकामा बियोन्सेको कनसर्ट महँगो भएर फ्यानहरु यूरोपतिर गएको खबर पनि आएकोे थियो । यूरोपमै गएर कन्सर्ट हेर्नु सस्तो भएपछि मेमा बियोन्सेका फ्यानहरुको आगमन ह्वात्तै बढ्यो । यसरी एक्कासी आउने पयर्टकहरुका लागि बन्दोबस्त मिलाउन अरु देशमा समस्या थिएन । स्वीडेनलाई गाह्रो भयो । डलर खर्चने विदेशीका लागि कन्सर्ट देखि सबै कुरा सस्तो थियो ।  बियोन्सेकै कारण महँगी बढ्यो भनेर सबै अर्थशास्त्रीहरु मान्न भने तयार छैनन् । होटल खर्चमा भएको वृद्धिले महँगी बेयोन्सेकै कारण भएको हो भन्ने स्पष्टीकरणलाई तर्कसंकत देखाउँछ । देशभर पनि खानेकुरा, प्याकेज होलिडे आदिको भाउ बढ्दा पनि गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा महँगी बढेको हो ।  मेमा देशभर नै होटलको बसाई महँगो बनेको नोर्डिक सहकारी बैंक सेब गु्रपमा अर्थशास्त्री मार्कस विडेन भन्छन् । अन्य यूरोपेली देशहरुमा जस्तै स्वीडेनले पनि युक्रेनी युद्धका कारण थोक ऊर्जा बजार चौपट भएयता नै उच्च महँगी बेहोरिरहेको छ । यसको असरले गर्दा पनि महँगी अपेक्षा गरिएभन्दा थोरैले घटेको हुन सक्छ । एजेन्सी 

सम्बन्धित सामग्री

आजदेखि दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन

काठमाडौं : दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्न लागेको हो।सम्मेलन दिउँसो २ बजे राष्ट्रियसभा गृहमा सुरु हुनेछ। अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने आयोजक संस्थाले जनाएको छ।दुईदिने स

अनुभवी अर्थशास्त्री अर्थमन्त्री नियुक्तिको माग

काठमाडौं, फागुन २२ । निजी क्षेत्रका प्रतिनिधिहरुले सत्ता समीकरणमा आएको फेरबदसँगै अर्थ मन्त्रालय नेतृत्वविहीन भएको भन्दै तत्काल नयाँ मन्त्री नियुक्तिको माग गरेका छन् । अर्थतन्त्र संकटमा रहेको अहिलेको अवस्थामा अर्थतन्त्र बारे सुझबुझ भएको अनुभवी व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्वेवारी दिनुपर्नेमा उनीहरुको जोड छ । राजनीति भन्दा पनि अर्थतन्त्र बुझेको अनुभवी अर्थशास्त्री अर्थतमन्त्री हुनुपर्ने निजी क्षेत्रको राय […]

अर्थतन्त्रमा जादुगरी सुधार हुन सक्दैनः अर्थशास्त्री

काठमाडौं, १० जेठ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले आज सार्वजनिक हुन लागेको सरकारको नीति तथा कार्यक्रम जनजीवन सहज हुने किसिमले आउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले भने, “पछिल्लो समय मूल्यवृद्धि असीमित हुँदै गएको छ । विदेशी मुद्राको सञ्चिती घटेको छ, बजारमा […]

दक्षिण एसियामा आउने वैदेशिक लगानीको ८६ प्रतिशत भारतमा आउँछ : अर्थशास्त्री वाग्ले

अर्थशास्त्री अच्युत वाग्लेले दक्षिण एसियामा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को अधिकांश हिस्सा भारतमा मात्रै आउने गरेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको ‘मेक इन नेपाल’ सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।‘दक्षिण एसियामा आउने कूल एफडीआईको ७६ प्रतिशत भारतमै आउँछ,’ उनले भने, ‘त्यसपछि बंगलादेशमा बाँकी अलिअलि आउँछ । नेपालमा १ प्रतिशत पनि आउँदैन ।’ उनले विदेशी लगानीको नजरमा नेपाल सबैभन्दा न्यून प्राथमिकतामा पर्ने बताए ।यस्तै, लगानीकर्ताको

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सम्पन्न, निष्कर्ष सरकार र दललाई बुझाइने

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ । सम्मेलन चैत ११ र १२ गते काठमाडौंमा चलेको थियो । अर्थतन्त्रमा विद्यमान समस्याबारे गहन छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण निम्ति आधारशिला तयार पार्ने उद्देश्य सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत,

अर्थतन्त्रको मामिलामा चरणबद्ध रुपमा चुक्यौंः अर्थशास्त्री

काठमाडौं, २५ फागुन । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्रलाई उकास्न चरणबद्ध रुपमा चुकेको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थशास्त्री डा. अधिकारीले भने, “आज अर्थतन्त्रका सूचकहरुले जटिल मोडमा पुगेको देखाउँछन् । हामी अत्यन्त सतर्क र सजग हुनुपर्ने स्थितिमा पुगेका छौं । महामारीका कारण अथाह […]