एटीएमबाटै रकम जम्मा गर्न सकिने गरी नबिलले जारी गर्यो ‘नबिल क्यास मेसिन’, क्रेडिट कार्ड भुक्तानी पनि गर्न मिल्ने

काठमाडौं । नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस ‘नबिल क्यास मेसिन’ ले ग्राहकहरुलाई एटीएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीन धारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत नबिलको कुनै प

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको कार्ड मोको वालेटमा लोड गरेर अब भुक्तानी गर्न सकिने

सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ । योसँगै सिद्धार्थ बैंकको डेबिट तथा क्रेडिट कार्ड मोको वालेटमा लोड गरि सिधैं कार्बाटै पैसा तिर्न सकिने छ ।  बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड...

क्रेडिट कार्ड प्रयोगमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्ने व्यवस्थामा कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन तथा थप गर्दै केन्द्रीय बैंकले क्रेडिट कार्डबाट मोबाइल वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्फसर गर्न र नगद झिक्न नपाइने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने व्यवस्था भए पनि अत्यावश्यक अवस्थामा कार्डको स्वीकृत सीमामा १० प्रतिशतसम्म नगद कारोबार गर्न सकिने सुविधा छ । तर, कार्ड प्रयोगकर्ताले मोबाइल वालेटमा लोड गर्ने र त्यसबाट बैंक खातामा ट्रान्सफर गर्ने तथा नगद झिक्ने प्रचलन बढेपछि राष्ट्र बैंकले यसमा रोक लगाएको हो । चालू आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरूले २ लाख १९ हजार ९४६ ओटा क्रेडिट कार्ड जारी गरेका छन् । यसबाट फागुनमा १ अर्ब १४ करोड रुपैयाँ बराबर कारोबार भएको छ । क्रेडिट कार्डबाट वस्तु तथा सेवा खरीद गर्दा भुक्तानी गर्न सकिने व्यवस्था छ । अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम पनि वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संस्थालाई क्रेडिट कार्डबाट लोड भएको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरूले सरकारी तथा निजी क्षेत्रमा जागीर गर्ने कर्मचारीका साथै नियमित आम्दानी हुने ग्राहकलाई क्रेडिट कार्ड जारी गर्ने गरेका छन् । यस्तै राष्ट्र बैंकले वालेटका ग्राहकको पहिचानमा कडाइ गर्न पनि निर्देशन दिएको छ । वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानूनबमोजिम  सहुँला/बुझाउँला’ भन्ने बेहोराको स्वघोषणा गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन छ । २०७८ फागुनसम्ममा १ करोड १३ लाख ५७ हजार वालेट प्रयोगकर्ता छन् । फागुन महीनामा मात्र वालेटबाट १६ अर्ब ५९ करोड रुपैयाँ कारोबार भएको छ । पछिल्लो समय युटिलिटी बिल पेमेन्टदेखि सामान खरीद गर्दा भुक्तानी गर्नसमेत वालेटको प्रयोग बढिरहेको छ । यसैगरी राष्ट्र बैंकले ‘मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली–२०७७’ संशोधन गर्दै मनिचेन्जर कम्पनीहरूले मासिक कारोबार विवरण महीना समाप्त भएको १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसअघि एक महीनाभित्र विवरण बुझाउन सकिने प्रावधान थियो ।

इसेवा मार्फत कुनै पनि बैङ्कको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

नेपालको भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ। अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो। जसले गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ।

ईसेवामार्फत कुनैपनि बैंकको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क गर्न सकिने भएको छ । अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न ईसेवाले यो सुविधा ल्याएको जनाएको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ । ईसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलमार्फत सहजै...

कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रूपमा क्रेडिट कार्डसेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रुपै

राष्ट्रिय बाणिज्य बैंकले  ल्यायो क्रेडिट कार्ड सेवा

साउन २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा शरु गरेको छ। बैंकले बदलिंदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रहेको भन्दै मंगलवाबाट क्रेडिट कार्ड  सेवा शरु गरेको हो। बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवा शरु गरेका हुन्।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुरुवापछि पूर्ण डिजिटल बैंकिङ्गतर्फ बैंक अगाडि बढिरहेको बताए। उनले  नेपाल, भारत र भुटानमा चल्ने यो सेवा  बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने पनि बताए । सो अवसरमा एशियन लाइफका अध्यक्ष दिपककुमार श्रेष्ठले पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी ब्यक्त गरेका थिए । डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताए।  बैंकको हाल ७७ ओटा जिल्लामा २४७ ओटा शाखा कार्यालय, २०९ ओटा एटीएम र ९८ ओटा शाखा रहित बैंकिङ्ग रहेको छ।

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

असार १४, काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुरुवात गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिकजीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सेवा शुरुवात गरेको बताएको छ । बैंकले उक्त सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतमसीमा २० हजार रुपैयाँदेखि अधिकतमसीमा ५ लाख रुपैयाँ कायम गरिएको बताएको छ ।  भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पीओस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा गर्न सकिनेछ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म उक्त  बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । क्रेडिट कार्डको प्रयोग नेपाललगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षितवर्गको भुक्तानी प्रणालीमा सहजता पुर्‍याउने विश्वास लिएको बैंकले बताएको छ ।   भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले सोमवार बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष मरासिनीले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आएको बताए ।  यसैगरी बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर जबराले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

नेपाल बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा

काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएको छ । भिसा इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलका आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी सम