क्रेडिट कार्ड प्रयोगमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्ने व्यवस्थामा कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन तथा थप गर्दै केन्द्रीय बैंकले क्रेडिट कार्डबाट मोबाइल वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्फसर गर्न र नगद झिक्न नपाइने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने व्यवस्था भए पनि अत्यावश्यक अवस्थामा कार्डको स्वीकृत सीमामा १० प्रतिशतसम्म नगद कारोबार गर्न सकिने सुविधा छ । तर, कार्ड प्रयोगकर्ताले मोबाइल वालेटमा लोड गर्ने र त्यसबाट बैंक खातामा ट्रान्सफर गर्ने तथा नगद झिक्ने प्रचलन बढेपछि राष्ट्र बैंकले यसमा रोक लगाएको हो । चालू आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरूले २ लाख १९ हजार ९४६ ओटा क्रेडिट कार्ड जारी गरेका छन् । यसबाट फागुनमा १ अर्ब १४ करोड रुपैयाँ बराबर कारोबार भएको छ । क्रेडिट कार्डबाट वस्तु तथा सेवा खरीद गर्दा भुक्तानी गर्न सकिने व्यवस्था छ । अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम पनि वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संस्थालाई क्रेडिट कार्डबाट लोड भएको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरूले सरकारी तथा निजी क्षेत्रमा जागीर गर्ने कर्मचारीका साथै नियमित आम्दानी हुने ग्राहकलाई क्रेडिट कार्ड जारी गर्ने गरेका छन् । यस्तै राष्ट्र बैंकले वालेटका ग्राहकको पहिचानमा कडाइ गर्न पनि निर्देशन दिएको छ । वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानूनबमोजिम  सहुँला/बुझाउँला’ भन्ने बेहोराको स्वघोषणा गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन छ । २०७८ फागुनसम्ममा १ करोड १३ लाख ५७ हजार वालेट प्रयोगकर्ता छन् । फागुन महीनामा मात्र वालेटबाट १६ अर्ब ५९ करोड रुपैयाँ कारोबार भएको छ । पछिल्लो समय युटिलिटी बिल पेमेन्टदेखि सामान खरीद गर्दा भुक्तानी गर्नसमेत वालेटको प्रयोग बढिरहेको छ । यसैगरी राष्ट्र बैंकले ‘मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली–२०७७’ संशोधन गर्दै मनिचेन्जर कम्पनीहरूले मासिक कारोबार विवरण महीना समाप्त भएको १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसअघि एक महीनाभित्र विवरण बुझाउन सकिने प्रावधान थियो ।

सम्बन्धित सामग्री

जापानमा क्रेडिट कार्ड भुक्तानीमा राष्ट्रव्यापी अवरोध

शनिबार जापानभर सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको छ । शनिबार साँझदेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य स्थानहरूमा क्रेडिट कार्ड लेनदेनहरू पूरा गर्न कठिनाइहरू अनुभव गरेको क्रेडिट कार्ड कम्पनीहरूले उल्लेख गरेका छन्। कम्पनीहरुका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड …

नबिल बैंकले ल्यायो पहिलोपटक लाइफटाइम फ्रि क्रेडिट कार्ड

नबिल बैंकले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरेर नेपालमै पहिलोपटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’

दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए । “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”, उनले भने, “त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।” किसानलाई क्रेडिटकार्ड...

दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण

दाङ । दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर- १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडा अध्यक्ष शिवानन्द डाँगीका अनुसार पहिलो चरणमा ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो । सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा […]

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

हिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो।

दाङका किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।  सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्

निजगढका किसानलाई क्रेडिट कार्ड

प्रदेश–२ मा पहिलो पटक निजगढ नगरपालिकाले कृषकहरुका लागि किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्ने भएको छ ।नगरभित्र रहेका किसानलाई छिटो र सहज तरीकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तीन प्रकारको किसानको तथ्य संकलन गर्ने कार्य धमाधम थालेसँगै किसानले स्थानीय सरकारको प्रत्यक्ष सुविधा प्राप्त हुने […]

किसानलाई क्रेडिट कार्ड

झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ। मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको हो।

मकवानपुरमा पहिलो पटक किसानलाई क्रेडिट कार्ड

मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले किसानहरूलाई क्रेडिट कार्ड वितरण गरेको छ । साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेको हो

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको […]