राधी विद्युत् कम्पनीको ३६.५० % बोनस शेयर सुरक्षित गर्ने सोमवार अन्तिम दिन

असार १३, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गर्ने भएकाले असार १४ गतेभित्र शेयर कायम गर्नुपर्नेभएको हो ।  कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्षभने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्न लागेको हो । बोनसमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुलेनै तिर्नुपर्नेछ । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । सोही पूँजीको आधारा कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर भने वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्कासन हुने हुँदा बुक क्लोजको मिति भने पछि तय हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।  

सम्बन्धित सामग्री

लाभांश सुरक्षित गर्ने अन्तिम दिन करीब ५ % ले घट्यो राधी विद्युतको शेयरमूल्य

असार १४, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन सोमवार शेयरमूल्य करीब ५ प्रतिशतले घटेको छ ।  यस दिन उक्त कम्पनीको शेयरमूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५५ ले घटेर अन्तिम मूल्य रू. १ हजार १२० कायम भएको हो । यस दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमध्ये तेस्रो नम्बरमा  उक्त कम्पनी नै रहेको छ । सोमवार उक्त कम्पनीको रू. ५२ करोड ७ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको हो ।  उक्त कम्पनीले प्रस्तावित लाभांशसहित हकप्रद शेयर विक्रीको प्रस्ताव गर्दै असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गर्ने भएकाले असार १४ गतेभित्र शेयर कायम गरेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य भएका छन् ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको उक्त कम्पनीले यो वर्षभने हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा करवाहेक उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । बोनसमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुलेनै तिर्नुपर्नेछ ।  कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले उक्त अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने प्रस्ताव गरेको हो ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।

राधी विद्युत् कम्पनीको ३६.५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असार १४, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंगलवारदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्ष भने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।