मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न सरकार तयारी अवस्थामा

स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ । विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए । वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रह

सम्बन्धित सामग्री

अमेरिकी सरकार शटडाउन हुनबाट रोक्ने बिल प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

बुधबार अमेरिकाको प्रतिनिधि सभाले सरकार शटडाउन हुनबाट रोक्नका लागि विधेयक पारित गर्ने तयारी गरिरहेको छ । जसमा डोनाल्ड ट्रम्पले माग गरेको एउटा प्रस्ताव हटाइएको छ। उक्त प्रस्तावले अमेरिकाभरिका नागरिकहरुलाई मतदान दर्ता गर्नको लागि नागरिकताको प्रमाण पेश गर्नुपर्ने आवश्यकता राखेको थियो। प्रतिनिधि सभाका रिपब्लिकन नेताहरू आन्तरिक मतभेदको सामना गर्दै उक्त विधेयक पारित गर्न डेमोक्र्याटको मतमा धेरै […]

मलमा छलैछल, किसानप्रति खेलवाड

असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन। किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन्। तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ। सरकार सधैं किसानप्रति खेलवाड गर्दै आएको छ। कृषिविज्ञ लेखनाथ आचार्यले रासायानिक मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारी तथा कर्मचारीको लापर्बाहीका कारण किसानले समयमा मल नपाएको बताउँछन्। ‘किसानले बर्सेनि मल अभावको सामना गरिरहनुपरेको छ। हरेक स्टेपमा स्वार्थ जोडिएको

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् । उनले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विरोधी प्रदर्शनकारीको माग बमोजिम आफूले राजीनामा नदिने तर संसद्मा बहुमत ल्याउनेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाचा गरेका थिए । हिंसात्मक प्रदर्शनले उग्र रूप लिँदै गर्दा श्रीलंकामा गत सोमबार […]

अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञहरूको चेतावनी

कोरोनाभाइरसको दोस्रो लहरले सताइरहेको बेलामा तेस्रो लहर अक्टोबर महिनामा आउने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।  दोस्रो लहरमा पर्याप्त तयारी नगरेपछि कठोर आलोचना खेपेको भारत सरकार तेस्रो लहरका लागि सतर्क छ । अस्पताल, शय्या, भेन्टिलेटर सबैको पूर्ण व्यवस्था गरिएको छ । दिल्ली उच्च अदालतले पनि केन्द्र र दिल्ली सरकारलाई नोटिस जारी गर्दै तेस्रो लहर धेरै टाढा नभएको चेतावनी दिएको छ ।  तर तेस्रो लहरलाई अहिलेको भन्दा सुव्यवस्थित तरिकाले सामना गर्न सकिने विज्ञहरू बताउँछन् । यस तेस्रो लहरले थप एक वर्ष जोखिम तेर्स्...

विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सरकार गैरजिम्मेवार देखियो (वक्तव्यसहित)

काठमाडौं, ३ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनले वर्तमान सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी तयारी नगरी गैरजिम्मेवार रहेको देखिएको टिप्पणी गरेको छ । गठबन्धनको तर्फबाट बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता […]

पाँच राजनीतिक दलको निष्कर्ष– प्राकृतिक विपत्तिको सामना गर्न सरकार गैर जिम्मेवार

काठमाडौं। पाँच राजनीतिक दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। विज्ञप्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एमालेले कार्वाही गरेका नेता माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेका हुन्।

तीन तहकै सरकार मिलेर बाढी–पहिरोको सामना गर्नुपर्छ : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोका घटनाप्रति सरकारको ध्यानाकर्षण गरेका छन्। सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, कास्की, गोरखा लगायतका जिल्लामा आएको बाढी र पहिरोमा परेकाको युद्धस्तरमा उद्धार गर्न पनि उनले आग्रह गरेका छन्। देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र व्यवस्थित योजनाका साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेसका तर्फबाट अपील गर्दछु।”

द्रुत गतिमा तयारी थाल

सरकार र सर्वसाधारणको लापर्वाहीका कारण कोभिड–१९ को महामारी भयावह बन्न सक्ने सम्भावना बढेको छ । २४ घण्टाभित्र २८ जनाको मृत्यु र ३ हजार १२२ संक्रमित भएका छन् जुन हालसम्मकै सर्वाधिक संख्या हो । संक्रमणको क्रम जसरी विस्तार हुँदै गएको छ त्यसले केही दिनभित्रै नेपालको स्वास्थ्य प्रणालीको यो धान्नै नसक्ने गरी भयावह हुने निश्चितप्रायः देखिएको छ । नेपालगञ्जमा भयावह भइसकेको छ भने काठमाडौं उपत्यकामा पनि करीब करीब उस्तै अवस्था आउन लागेको छ । तर, सरकारले यस भयावह समस्यासँग जुध्न र जनतालाई जोगाउन पर्याप्त चासो दिएको देखिँदैन । विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । हो, कोरोनाको पहिलो लहरसँग सबैजना डराएका थिए । सरकारले अर्थतन्त्रमा गम्भीर क्षति पुगे पनि बन्दाबन्दीजस्तो कडा उपाय अपनाएको थियो । त्यही कारण अहिलेको गतिमा कोरोना फैलन सकेको थिएन । तर, अहिले भौतिक दूरी कायम राख्नुपर्ने कुरालाई सरकारले नै धज्जी उडाएको अवस्था छ, नागरिकको स्वभाव पनि उस्तै छ । राजनीतिक विवाद उठाएर त्यसकै नाममा भएका भेला र प्रदर्शनले आममानिसमा स्वास्थ्य सतर्कता नअपनाउन प्रोत्साहित गर्‍यो । भारतमा कोरोनाको भयावहता देखिँदादेखिँदै पनि प्रधानमन्त्री स्वयंले यो केही होइन भन्ने खालको सन्देश प्रवाहित गर्नुभयो । विभिन्न उद्घाटनका लागि भीडभाड बढाउने कामसमेत उहाँबाट भएको पाइन्छ । यसकै परिणाम अहिले सर्वसाधारण नागरिकले भोग्नुपर्ने अवस्था आएको छ । हो, सरकारले भ्याक्सिन ल्याएर अग्रपंक्तिमा खटिने व्यक्तिहरूलाई खोप लगायो । त्यस्तै विभिन्न प्राथमिकता तोकेर केही अंश नागरिकलाई खोपको जोहो गर्नसक्नु राम्रो काम हो । तर, भ्याक्सिनको अविश्वास गरेर प्राथमिकतामा परेका कैयौंले खोप लगाएनन् । सरकारले भ्याक्सिन आयातका लागि गम्भीर कूटनीतिक पहल थाल्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । त्यस्तै भ्याक्सिन लगाउँदा शतप्रतिशत सुरक्षित होइँदैन तर धेरै नै जोगिन सकिन्छ भन्ने सन्देश फैलाउन पनि आवश्यक देखिएको छ । तत्कालको समस्या भनेको अक्सिजन, भेन्टिलेटर, अस्पतालको बेड आदिको जोहो गर्नु हो । नेपालका अक्सिजन प्लान्टहरूलाई पूर्ण उत्पादन गराउन लगाइहाल्नुपर्छ । अहिले भारतबाट अक्सिजन सिलिन्डर ल्याउन सम्भव नभएकाले बंगलादेश, पाकिस्तान, चीन आदि मुलुकबाट ल्याउन पहल थालिहाल्नुपर्छ । स्वास्थ्य मन्त्रालयले सम्भावित भयावह अवस्थाको पूर्वानुमान गरिसकेको अवस्थामा त्यो चुनौतीको सामना गर्न तयारी थाल्न ढिला गर्नु हुँदैन । तर, सरकारको काम गराइको शैली हेर्दा अझै पनि नेपालीलाई कोरोनाले केही गर्दैन भन्ने सोच नै छ कि भनेजस्तो देखाएको छ । अघिल्लो पटकको कोरोनाको लहरबाट नेपालले पाठ सिक्ने सकेको खासै देखिँदैन । केही भौतिक पूर्वाधार बन्यो । तर, भारतमा संक्रमण डरलाग्दो स्तरमा पुगिसक्दा पनि त्यसबाट पाठ सिकेर तयारी थाल्न पहल भएन । अझै पनि सिमानामा पर्याप्त परीक्षण, आइसोलेशन आदिको काम भएको छैन । नेपालले भारतको दुर्दशाबाट पनि पाठ सिक्न सकेको छैन । त्यहाँबाट आइरहेका समाचारले अन्तरराष्ट्रिय रूपमै उसको अवस्थाप्रति चिन्ता प्रकट गर्न थालिएको छ । चुनावमा मात्रै चासो दिएको आरोप संघीय सरकारमाथि लागेको छ । नेपालको अवस्था पनि त्यस्तै खालको देखिन्छ । नेपालले तत्काल अस्थायी अस्पतालहरूको व्यवस्था गर्नुपर्छ । टेन्टहरू राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि सोच राखी तयारी गर्न ढिला थाल्नु हुँदैन । आविष्कार केन्द्रले भेन्टिलेटर मर्मत गरेर सहयोग गरिरहेको छ । यस्तो सहयोग अन्य संस्थाहरूबाट पनि लिन सकिन्छ भने त्यस्ता संस्थाहरू खोजेर सहयोग र सहकार्य थाल्नुपर्छ । युवाहरूलाई कोरोनाले केही गर्दैन भन्ने गलत सोच हटाउन पनि अभियान सञ्चालन गर्नुपर्छ । कोरोनाको तेस्रो लहर पनि आउन सक्छ । तर नेपालको तयारी भने निराशाजनक देखिन्छ । विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । कोरोनाबारे धेरै तथ्य अझै थाहा नभएको अवस्थामा यसबाट जोगिन सामाजिक दूरीलगायत सतर्कता अपनाउन कडाइ गर्नुको विकल्प देखिँदैन ।