कोरोनाभाइरसको दोस्रो लहरले सताइरहेको बेलामा तेस्रो लहर अक्टोबर महिनामा आउने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।
दोस्रो लहरमा पर्याप्त तयारी नगरेपछि कठोर आलोचना खेपेको भारत सरकार तेस्रो लहरका लागि सतर्क छ । अस्पताल, शय्या, भेन्टिलेटर सबैको पूर्ण व्यवस्था गरिएको छ । दिल्ली उच्च अदालतले पनि केन्द्र र दिल्ली सरकारलाई नोटिस जारी गर्दै तेस्रो लहर धेरै टाढा नभएको चेतावनी दिएको छ ।
तर तेस्रो लहरलाई अहिलेको भन्दा सुव्यवस्थित तरिकाले सामना गर्न सकिने विज्ञहरू बताउँछन् । यस तेस्रो लहरले थप एक वर्ष जोखिम तेर्स्...