काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानले महिनादिन भित्रै खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको छ ।
तालिबानले नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको बेला राष्ट्रसंघले त्यहाँका तीनमध्ये एकजना भोकै बस्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएको हो ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका मानवीय संयोजक रामिज अलाक्बारोभले मानवीय दृष्टिकोणबाट अफगानिस्तानको अवस्था ज्यादै चिन्ताजनक हुँदै गइरहेको...