भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । सोमबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरे । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि बहस साता दिनका लागि सरेको हो ।