नेकपा एमालेकी उममेयरकी उम्मेदवार शिल्पा निराला कार्कीविरुद्धको मुद्दाको पेशी सरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध जनता समाजवादी पार्टीका अर्का उम्मेदवार अमरेन्द्र यादवले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुन नसकेको हो ।उक्त मुद्दाको सुनुवाई शुक्रबार हुने भएको छ । मुद्दा पक्षका अधिवक्ता पेशलकुमार न्यौपानेका अनुसार न्यायाधीश प्रकाश राउत र नहकुल सुवेदीको बेञ्चमा परेको उक्त मुद्दा विपक्षी कार्कीका पक्षबाट बहस गर्न चाहेका इन्