नवलपरासी - अविरल वर्षापछि आएकाे बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर-२३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएकाे छ ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयाे ।
निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले बताउनुभयो ।
यस्...