काठमाडौँ- स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिन अघि सरेकी सञ्चारकर्मी सुनिता डंगोललाई नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएको छ। उता गठबन्धनबाट काठमाडौँ महानगरको उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उठ्ने भएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी डंगोललाई एमालेले उपमेयरमा अघि सारेपछि कतिपय स्वतन्त्र मतहरु डंगोललाई आउने एमालेको अनुमान छ। युवापुस्ताको भोट तानेर समाजवादीलाई जित्न […]