शेयर निष्कासनको प्रस्ताव पारित गर्दै अपर तामाकोशी

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा शुक्रबार हुँदैछ। सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ। सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ। जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ। सभाले […]

सम्बन्धित सामग्री

दुई कारोबार दिनमा अपर तामाकोशी हाइड्रोपावरको ६६ करोडभन्दा बढीको शेयर किनबेच

काठमाडौं । दुई कारोबार दिनमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ६६ करोडभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधवार र बिहीवारमा मात्रै कम्पनीको ६६ करोड ४३ लाख ५६ हजार ७२५ रुपैयाँ बराबरको ३६ लाख १४ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।  विगत २ महीनादेखि औसतमा दैनिक ५० हजार हाराहारी कित्ता मात्रै कारोबार हुँदै आएको कम्पनीको पछिल्ला दुई दिनमा भने लाखौं कित्ता कारोबार भएको हो । कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित हुनुको प्रमुख कारण भनेको शेयर मूल्य सस्तो हुनु हो । पाँच वर्षअगाडि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९ सय पुगेको थियो । त्यसपछि घटेर बिहीवार हालसम्मकै न्यून विन्दु प्रतिकित्ता रू. १७० सम्म झरेको थियो । घटेको मौकामा खरीदकर्ता आकर्षित भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको देखियो ।  आइतवार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको थियो । सोही कारण बुधवार भने कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो ।  बिहीवार भने कम्पनीको शेयर मूल्य निकै सस्तो भएपछि खरीदकर्ता हाबी हुँदा शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ रुपैयाँ ३० पैसा बढेको थियो भने रू. ५० करोड ८९ लाख बराबरको कारोबार भएको हो ।

अपर तामाकोशी हाइड्रोपावरको शेयरमा नेगेटिभ सर्किट

काठमाडौं । बुधवार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.१८३ दशलमव ६० मा झरेको छ । कम्पनीको शेयरमा खरीदकर्ता भन्दा विक्रेता  धेरै भएकाले शेयर मूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा यो समचार तयार पर्दा सम्म कम्पनीको शेयरमा १२ लाख ४५२ किक्ता शेयर वित्री माग रहेको छ भने खरीद माग शून्य छ । आइतवार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको देखियो ।

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सोमवारदेखि विक्री खुला

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर भोलि अर्थात सोमवार देखि विक्री खुला हुने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा सत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । शत प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले असार २२ गते शत प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । यो हकप्रद शेयर असोज ७ गतेसम्म विक्रीमा रहनेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मात्र थियो ।

अपर तामाकोशी हाइड्रोपावरद्वारा स्थानीय शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरूलाई हितग्राही (डिम्याट) खाता खोली शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । शेयर अभौतिकीकरण गर्न बाँकी रहेका स्थानीय शेयरधनीहरूलाई कम्पनीले यस्तो अनुरोध गरेको हाे ।  कम्पनीले दोलखाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँट गरिएको शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकीकरण गर्ने व्यवस्था गरेको छ । हितग्राही खातामा जम्मा गरी अभौतिकीकरण गरेपछि मात्र कम्पनीको शेयर खरीदविक्री गर्न सकिनेछ । शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

अपर तामाकोशीले शतप्रतिशत शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक सधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।शुक्रवार काठमाडौंमा भएको वार्षिक सधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक सधारण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्य

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

३० हसार, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । हकप्रद […]

अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक रू. ३४ करोड बराबरको शेयर खरीदविक्री

साउन २१, काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको करीब ४५ मिनेटको अवधिमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ ।  उक्त कम्पनीको रू. ३४ करोड १ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  यो समाचार पार्दाको समय ११ : ४२ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो ।