अपर तामाकोशी हाइड्रोपावरको सिईओमा मोहन गौतम नियुक्त

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन […]

सम्बन्धित सामग्री

अपर तामाकोशी हाइड्रोपावरको शेयरमा नेगेटिभ सर्किट

काठमाडौं । बुधवार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.१८३ दशलमव ६० मा झरेको छ । कम्पनीको शेयरमा खरीदकर्ता भन्दा विक्रेता  धेरै भएकाले शेयर मूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा यो समचार तयार पर्दा सम्म कम्पनीको शेयरमा १२ लाख ४५२ किक्ता शेयर वित्री माग रहेको छ भने खरीद माग शून्य छ । आइतवार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको देखियो ।

अपर तामाकोशी हाइड्रोपावरद्वारा स्थानीय शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरूलाई हितग्राही (डिम्याट) खाता खोली शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । शेयर अभौतिकीकरण गर्न बाँकी रहेका स्थानीय शेयरधनीहरूलाई कम्पनीले यस्तो अनुरोध गरेको हाे ।  कम्पनीले दोलखाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँट गरिएको शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकीकरण गर्ने व्यवस्था गरेको छ । हितग्राही खातामा जम्मा गरी अभौतिकीकरण गरेपछि मात्र कम्पनीको शेयर खरीदविक्री गर्न सकिनेछ । शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

शेयर निष्कासनको प्रस्ताव पारित गर्दै अपर तामाकोशी

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा शुक्रबार हुँदैछ। सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ। सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ। जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ। सभाले […]

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

३० हसार, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । हकप्रद […]

अपर तामाकोशी ८६ करोडभन्दा बढी नाफामा

कात्तिक ३०, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ८६ करोड १९ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म रू. १ करोड ७८ लाख १ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार गर्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार विद्युत् विक्रीबाट आम्दानी गरेसँगै नाफा गर्न सफल भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्री गरेको थिएन ।२०७८ साल असारमा आयोजनाको निर्माण कार्य सम्पन्न भएपनि कम्पनीले साउन र भदौ महीनामा विद्युत् परिक्षण उत्पादन प्रक्रियामा रहेको थियो ।  गत भदौ ४ गतेदेखि चार ओटा युनिटबाट उत्पादित विद्युत् विक्री प्रारम्भ भई भदौ २५ गतेदेखि सम्पूर्ण छ ओटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणा जोडिएको थियो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम भने रू. २० करोड ८ लाख ९१ हजार ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव १ छ । यो पनि हेर्नुस् : विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था : तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा अपर तामाकोशी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा

अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेट अवधिदेखि अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ६४१ दशमलव ३० र तेह्रथुम पावरको शेयरमूल्य रू.५३१ दशमलव ६० पुगेको छ ।

अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

असार १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबार खुलेको पाँच मिनेटमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।   कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको हो ।  उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१९ पुगेको छ ।   कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा सबैभन्दा बढी खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा ३ लाख ८५ हजार ८९९ कित्ता शेयर खरीद माग रहेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि शेयरमूल्यमा पनि लगानीकर्ताको आकर्षण बढेको हो  ।