अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

असार १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबार खुलेको पाँच मिनेटमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।   कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको हो ।  उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१९ पुगेको छ ।   कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा सबैभन्दा बढी खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा ३ लाख ८५ हजार ८९९ कित्ता शेयर खरीद माग रहेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि शेयरमूल्यमा पनि लगानीकर्ताको आकर्षण बढेको हो  ।  

सम्बन्धित सामग्री

५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ ।

अपर तामाकोशीसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटको अवधिमा तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । पञ्चकन्या माईको शेयरमूल्य प्रतिकित्ता रू.३८८ दशमलव ४०,अपर तामाकोशीको रू.७०५ दशमलव ४० र तेह्रथुम पावरको रू.५८४ दशमलव ७० पुगेको छ ।

नेपाल बङ्गलादेश बैंकसहित ४ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नेप्से परिसूचक ४२ अंक बढेर २७५७.९७ विन्दुमा पुगेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल बङ्गलादेश बैंक,बोटलर्स नेपाल तराई, अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  तेह्रथुम पावर कम्पनीको शेयर मूल्य अघिल्ल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी तीन ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बजार बढेसँगै ती चार ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३५८ दशमलव ६०,बोटलर्स नेपाल तराईको रू. १४ हजार ३०८ दशमलव २०,अपर तामाकोशी हाइड्रोपावरको रू. ६४१ दशमलव ३० र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३१ दशमलव ६० पुगेको छ ।

अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेट अवधिदेखि अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ६४१ दशमलव ३० र तेह्रथुम पावरको शेयरमूल्य रू.५३१ दशमलव ६० पुगेको छ ।

विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था :

असार १७, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमवार (असार २१ गते) देखि ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन शुरु गर्ने भएको छ ।  कम्पनीले विद्युत् उत्पादन शुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले लगानीकर्तालाई कस्तो प्रतिफल देला भनेर पनि धेरै लगानीकर्ताको चासोको विषय भएको हो ।  सञ्चार माध्यमबाट कम्पनीले विद्युत् उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६७ कायम भएको छ । यस दिन कम्पनीको १ लाख १४ हजार ४७२ कित्ता शेयर खरीदविक्री भएको छ । एक महीना अगाडि पनि विद्युत् उत्पादन शुरु गर्ने हल्ला भएसँगै कम्पनीको उच्च शेयरमूल्य अर्थात् प्रतिकित्ता रू. ९३० सम्म पुगेको थियो । कम्पनी चालू आवको तेस्रो त्रैमाससमा भने रू. ३ करोड ५० लाख २८ हजार नोक्सानीमा रहेको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार नोक्सानी व्योहोरेको थियो । गत आवको तुलनामा भने नोक्सानी कमी भएको हो ।  कोभिड -१९ को असरले गर्दा आयोजना निर्माण अवधि र लागत बढ्दै गएको छ यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटही दर तथा अन्य व्ययभारले आयोजनाको लागत बढी भएको तर बिजुली विक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने जगेड कोष रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको दीर्घकालिन ऋण रू. ४० अर्ब ८ करोड रहेको तेस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव २० पुगेको छ ।