सर्लाही : सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय भन्दा बढी नयाँ क्षयरोगी फेला परेका छन्। गत आव २०७९/८० मा १२१ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए।उहाँका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये ११९ जनाको उपचार सफल भएको छ । आव २०७८/७९ मा ११० जना क्षयरोगी फेला परेका थिए । क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मूल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखा