झापा : प्रदेश १ मा सबैभन्दा बढी क्षयरोगका बिरामी झापामा रहेका छन्। झापामा आर्थिक वर्ष ०७७।०७८ मा क्षयरोगका झन्डै एक हजार बिरामी पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।विश्व क्षयरोग दिवसका सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आज कार्यालय परिसरमै आयोजना गरेको अन्तरसंवादमा उक्त आँकडा प्रस्तुत गरिएको हो।कार्यालयका क्षयरोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले अघिल्लो वर्ष जिल्लामा ९९२ क्षयरोगी पहिचान भएको जानकारी दिए। जिल्लामा मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै १८८ र झापा गाउँपालिक