संसद भवनमा फागुन १६ मा बम राख्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिकास्थित सिमथली घर भएका सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।महत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का विद्यार्थी नेता हुन । अनेरास्ववियु क्रान्तिकारी पशुपति क्याम्पस इकाइ समितिको अध्यक्ष रहेका महतसहित दुईजनाले मोटरसाइकलमा गएर प्रेसर कुकर बम राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।बम राख्न प्रयोग गरिएको प्रदेश–३–०२–०३०