अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिने तयारीमा जुटेका छन् । अध्यादेशबाट बजेट ल्याउन असार ३० गते वर्षे अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन जेठ १४ गते बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।