कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक

मोरङ – कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक भएको छ। द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आर्थिक पाश्र्वचित्र सार्वजनिक गरेको हो। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक गरे। प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल […]

सम्बन्धित सामग्री

कोशी प्रदेशसभाले पारित गर्‍यो प्रतिस्थापन विधेयक

विराटनगर। कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्ष शुरू भएको चार महीनापछि कोशी प्रदेशको बजेट अनिश्चितता उक्त विधेयक पारित भएसँगै अन्त्य भएको छ । नेपाली कांग्रेसबाट विद्रोह गरी एमालेको सहयोगमा सरकार निर्माण गरेपछि शनिवार मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पेश गरेका थिए । विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्यहरू गम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल र रामप्रसाद महतोले भाग लिएका थिए ।

कोशीमा आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

विराटनगर – कोशी प्रदेशको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । भोलिदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ । हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले […]

कोशीको नामकरण विवाद सुल्झाउन सरकारले वार्ता कमिटी बनाउनुपर्छः सांसद लिम्बू

मोरङ – कोशी प्रदेश नामकरणको विषय टुंग्याउन सरकारले वार्ता टोली बनाएर अघि बढ्नुपर्ने जनता समाजवादी पार्टी कोशी प्रदेशकी सांसद निर्मला लिम्बूले बताएकी छन्। बुधबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै लिम्बूले प्रदेशको आर्थिक गतिविधिमा समेत कोशी नामकरणले असर परेको बताइन्। उनले भनिन्, ‘प्रदेशलाई आर्थिक निकास दिन सकिरहेका छैनौँ। यो समस्या सरकारको कुर्सीको लुछाचुँडीभन्दा पनि मुख्यगरी यो […]

विराटनगरमा आन्तरिक आयले धान्दैन प्रशासनिक खर्च

कोशी प्रदेश राजधानी रहेको प्रदेशको एक्लो महानगर विराटनगर आर्थिक रुपमा जर्जर बन्दै गएको छ । महानगरको आन्तरिक आयले वार्षिक प्रशासनिक खर्च समेत धान्न सकेको छैन । राजस्व बाँडफाँडको रकम प्रशासनिक खर्चमा प्रयोग गर्नुपर्ने महानगरपालिका कार्यालयको बाध्यता छ ।

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

विराटनगर- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक अनुमानको बजेट वक्तव्य सार्वजनिक गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ कर...

कोशी प्रदेश : विधेयकको पहिलो प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्र

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्रलाई पहिलो नम्बरमा राखेको छ।आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबारको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।उनले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक क्रियाकलापको मेरुदण्डको रुपमा विकास गर्ने पनि उल्लेख गरेका छन्। ‘कृषि तथा पशुपक्षीजन्य वस्तुको उत्पादन वृद्धि

प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गरी हिँड्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित पूर्वबजेट अन्तरक्रियामा उनले निजी क्षेत्रको सहकार्यमा प्रदेशको कृषिको यान्त्रिकीकरण, उद्योग स्थापना, आयात प्रतिस्थापन र रोजगारी सिर्जना गरिने धारणा राखे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक […]

मौद्रिक नीति र बजेटबाटै आर्थिक संकटको निकास निकाल्नुपर्छ : अध्यक्ष ढकाल

विराटनगर । मौद्रिक नीति र बजेटबाटै मुलुकमा सृजना भएको आर्थिक संकटको समाधान निकाल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । सोमवार उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पदभार ग्रहण कार्यक्रममा बोल्दै ढकालले भने, ‘मौद्रिक नीति तथा बजेटबाट अहिले भइरहेको आर्थिक संकटलाई पार लगाउन सकिन्छ । यसअघि केही प्रयास भएका थिए, मौद्रिक नीति र अब आउने बजेटले बाँकी समस्यालाई सम्बोधन गर्नुपर्छ ।’ अहिलेको आर्थिक संकटलाई सहज बनाउने, लगानीको वातावरण बनाउने, विदेशी लगानी आकर्षित गर्ने लगायतका सवालमा महासंघले सरकारलाई सुझाव समेत दिएको उनको भनाइ छ । सरकार र निजीक्षेत्र मिलेर वर्तमान समस्या समाधान गर्नुपर्ने उनले बताए । महासंघको कोशी प्रदेश समितिमा अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारी र सदस्यले पदभार ग्रहण गरेका छन् ।