अर्थमन्त्री छानबिन प्रकरण : विशेष समितिले माग्यो सिसिटिभी फुटेज

काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो । समितिका सचिव सुरेन्द्र […] The post अर्थमन्त्री छानबिन प्रकरण : विशेष समितिले माग्यो सिसिटिभी फुटेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

यस्ता छन् रिकभर भएर समितिले हेरेका सिसिटिभी फुटेजका क्लिप

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएकोबारे छानबिन गर्न गठित संसदीय समितिले उनलाई ‘क्लिन चिट’ दिएको छ। मूल प्रमाणमा रुपमा रहेको सिसिटिभी फुटेज उपलब्ध हुन नसकेपछि बाहिरबाट अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको समितिले पुष्टि गर्न सकेन। समितिले छानबिनका लागि जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयसँग मागेको थियो।तर अभिलेख नभएको भन्ने जानकारी आएपछि समितिले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई फुटेज रिकभर

छानबिन समितिले भेटाउला जेठ १४ गतेको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज?

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रहरीको ल्याबबाट प्राप्त भिडियोको अध्ययन गरिरहेको छ। सिंहदरबारमा बसिरहेको समितिको बैठकमा प्रहरीले पठाएको भिडियोको अध्ययन भइरहेको हो। समितिले मन्त्रालयबाट प्राप्त सिसिटिभी फुटेजमा जेठ १४ गतेको फुटेज नभएको पाइएपछि प्रहरीको सहायता मागेको थियो। प्रहरीले समितिलाई पठाएको रिपोर्टमा…

अर्थमन्त्री छानबिन प्रकरण : सिंहदरबार प्रवेशद्वारकै भिडिओ उपलब्ध गराउन पत्राचार

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबारको प्रवेशद्वारकै भिडिओ हेर्ने भएको छ।अर्थमन्त्रालय परिसरको सिसिटिभी फुटेज मन्त्रालयले उपलब्ध नगराएपछि समितिले सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सिसिटिभी फुटेज हेर्ने निर्णय गरेको हो।समितिको आज बसेको बैठकले निर्णय गरेलगत्तै गृहमन्त्रालयलाई जेठ १४ गते मध्यान्ह १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म (२४ घण्टा)को भिडिओ उपलब्ध गराउन पत्राचार गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।बजेट सार्वजनिक ग

अर्थमन्त्री प्रकरणः सिंहदरबार गेटको सिसिटिभी फुटेज मगाउने छानबिन समितिको निर्णय

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसदले छानबिन गर्न विशेष समिति गठन गरेको छ। […]

सिसिटिभी फुटेज कसरी हरायो ? जनार्दन शर्मासँग आज सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरु नष्ट गरेको उनीमाथि आरोप छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो। सचिव अर्यालले भने, ‘संसदीय छानबिन…

सिसिटिभी फुटेज प्रकरण : डिलिट भएको भिडिओ रिकभर गरिने

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाउने भएको छ।आज बसेको समितिको बैठकमा विज्ञहरुको राय लिएर जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज रिकभरका लागि प्रक्रिया अघि बढाउन लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले थाहाखबरलाई जानकारी दिएका छन्।आज नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समिति त्यसतर्फ

भेटिएन जेठ १४ गते रातिको सिसिटिभी फुटेज

काठमाडौँ-  अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्श निकालेको छ। समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाए पनि केही पनि नभेटिएको एक सदस्यले जानकारी दिए। यसबारे संसदीय छानबिन समितिले निरन्तर बैठक बसे पनि कुनै निर्क्यौल निस्कन सकेको छैन। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट […]

सिसिटिभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा छानबिन गर्न गठिन संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको मङ्गलवार बसेको बैठकले सिसिटिभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निर्णय गरेको हो । मितिका सचिव सुरेन्द्र […]