काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाउने भएको छ।आज बसेको समितिको बैठकमा विज्ञहरुको राय लिएर जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज रिकभरका लागि प्रक्रिया अघि बढाउन लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले थाहाखबरलाई जानकारी दिएका छन्।आज नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समिति त्यसतर्फ