यस्ता छन् रिकभर भएर समितिले हेरेका सिसिटिभी फुटेजका क्लिप

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएकोबारे छानबिन गर्न गठित संसदीय समितिले उनलाई ‘क्लिन चिट’ दिएको छ। मूल प्रमाणमा रुपमा रहेको सिसिटिभी फुटेज उपलब्ध हुन नसकेपछि बाहिरबाट अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको समितिले पुष्टि गर्न सकेन। समितिले छानबिनका लागि जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयसँग मागेको थियो।तर अभिलेख नभएको भन्ने जानकारी आएपछि समितिले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई फुटेज रिकभर