आर्थिक वर्ष २०७८/७९ को आयात निर्यातको असमान दुरी थप लम्बिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष भित्र कुल १९ अर्ब २० अर्ब रुपैयाँ बराबरका विदेशी वस्तु तथा सेवाको आयात हुँदैगर्दा जम्मा २ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ ।यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ४१.७ प्रतिशतले निर्यात वृद्धि गरेको हो । मंगलबार आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले वर्षभरिमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष य