काठमाडौं – स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ। कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ। नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो। उनले सम्झौता एक वर्षको गर्ने बताएको छ। ३७ वर्षीय रोनाल्डो […]
नेपाल राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंकहरुमा एक वर्षका लागि कुल १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको हो । उचित ब्याजदर प्रस्ताव गर्ने वित्तीय संस्थाहरुमा तोकिएको रकम २०७९ भदौ २ गतेदेखि २०८० भदौ २ गतेसम्म कुल ३६७ दिनका लागि ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार क वर्गका वाणिज्य बैंकहरुका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १८ करोड रुप
बागलुङ : बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो।आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम काठेखोला गाउँपालिकामा देखिएको छ। काठेखोला गाउँपालिकाको ३.५० प्रतिशत रकम बेरुजु रहेको छ। जुन कुल खर्च बजेट मध्येको ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको हो।बडिगाड गाउँपालिकाको १.२६ प्रतिशत
शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको 'बिग बजेट' तेलुगु फिल्म 'आरआरआर'को प्रदर्शन स्थगित भएको छ।तोकिएको मितिमा प्रदर्शन नहुँदा फिल्म निर्माताले लगभग २० करोड (भारू) को नोक्सानी बेहोर्नु परेको छ। भारतमा नयाँ भेरिएन्ट (ओमिक्रोन) को कोरोनाका भाइरसको संक्रमण बढ्दै गएपछि फिल्मको प्रदर्शन रोक्नु परेको थियो।फिल्मको प्रचारप्रसारमा ठूलो रकम खर्च गरिसकेपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गर्नु परेको हो।'आरआरआर'को बजेट लगभग ४ सय करोड (भारू) छ।जुन सबैभन्दा ठूलो बज
काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुको डेढ महिनाको रकम भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिई किसान बक्यौता रकम भुक्तान गरेको हो। कोभिडका कारण दुध बिक्री नभएपछि किसानको बक्यौता रकम बढेको थियो। दुग्ध विकास संस्थानका अनुसार अझै पनि संस्थाले किसानलाई २५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।
२० असार, काठमाडौं । सरकारले दूग्ध विकास संस्थान डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध गराएको छ ।लकडाउनका कारण दूग्ध उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेको भन्दै संस्थानले कृषि मन्त्रालयमार्फत सरकारसँग ऋण माग गरेको थियो । कृषि मन्त्राललयमार्फत संस्थानलाई अर्थले २० करोड सहुलियतको ऋण उपलब्ध गराएको संस्थानका बजार प्रबन्धक सन्जिव झाले बताए । उक्त ऋण […]
काठमाडौं। गैरसरकारी संस्थाहरुले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा बजेट बाहिरबाट १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहले १२६ वटा आयोजनामार्फत उक्त रकम खर्च गर्न लागेका हुन्। आइएनजिओहरुले प्राविधिक सहायताअन्तर्गत उक्त रकम खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। आइएनजिओहरुले बजेट बाहिरबाट नेपालका ७७ वटै जिल्लामा रकम खर्च गर्दैछन्।
काठमाडौं। सरकारले विपद् व्यवस्थापनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणलाई २० करोड रुपैयाँ दिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ। हालै म्याग्दीमा २४७ वटा निजी घरहरु पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पहिलो किस्तास्वरुप १ करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ।
वासिङटन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहयोग गर्ने भएको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन् ।
उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य सङ्गठनलाई दिने भएको जानकारी बुधबार दिएका छन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को एक बैठकमा उनले सो कुरा बताएका हुन् । बुधबार उनले भनेका छन्– अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोडजति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो ।
विश्व स्वास्थ्य सङ्गठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोगमा सुरुमा कटौती गरेका थिए थियो र पछि सहयोगको पूरै रकम रोकेका थिए ।
विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्वअन्तर्गत नै हामीले विश्व स्वास्थ्य सङ्गठनलाई यो रकम उपलब्ध गराउन लागेको हो बताए। हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य सङ्गठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोहीअनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए ।
गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो सङ्गठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए ।यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिकाभित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो ।
पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए । (रासस/सिन्ह्वा)