'आरआरआर'को प्रदर्शन रोकिँदा निर्मातालाई २० करोड घाटा

शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको 'बिग बजेट' तेलुगु फिल्म 'आरआरआर'को प्रदर्शन स्थगित भएको छ।तोकिएको मितिमा प्रदर्शन नहुँदा फिल्म निर्माताले लगभग २० करोड (भारू) को नोक्सानी बेहोर्नु परेको छ। भारतमा नयाँ भेरिएन्ट (ओमिक्रोन) को कोरोनाका भाइरसको संक्रमण बढ्दै गएपछि फिल्मको प्रदर्शन रोक्नु परेको थियो।फिल्मको प्रचारप्रसारमा ठूलो रकम खर्च गरिसकेपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गर्नु परेको हो।'आरआरआर'को बजेट लगभग ४ सय करोड (भारू) छ।जुन सबैभन्दा ठूलो बज

सम्बन्धित सामग्री

एडिडासलाई निल्नु न ओकल्नु बन्यो १ अर्ब २० करोड यूरोका यिजीका जुत्ता

काठमाडौं । नेपालीमा एउटा उखान 'छ नि निल्नु न ओकल्नु' । अहिले जर्मन फूटवेयर तथा स्पोर्ट्सवेयर निर्माता कम्पनी एडिडाससँग भएको यिजी ब्रान्डको जुत्ताको थुप्रोमा यो उखान ठ्याक्कै मिल्छ । अमेरिकी र्‍यापर केनी वेष्टसँगको सहकार्य गएको वर्ष समाप्त भएपछि कम्पनी वेष्टको यिजी लाइनको १ अर्ब २० करोड यूरो मूल्य बराबरको जुत्ताको थुप्रोको व्यवस्थापन कसरी गर्ने भन्ने दोधारमा छ । यहुदीहरूविरुद्ध दिएको अभिव्यक्तिपछि वेष्टको आलोचना चुलिएपछि एडिडासले सहकार्य अन्त्य गरेको थियो । तर, यसले जुत्ताको विक्री प्रभावित नहुने आशा कम्पनीको छ ।  कम्पनीले आफूसँग थुप्रिएको जुत्ता बेचेर आउने नाफालाई परोपकारी काममा लगाउन खोजिरहेको एडिडासका सीईओ ब्योर्न गुल्डेनले बताए । जुत्ता जलाउने समेतका अन्य विकल्पचाहिँ उनले खारेज गरेका छन् । जुत्ताको भाउ बढेकोले यसलाई निःशुल्क बाँड्न सजिलो छैन । एक जोडी यिजी ३६० जेब्रा जुत्ता अहिले ३४० देखि ३६० डलरमा विक्री रहेको छ । चार महीना अगाडि यसको भाउ २६० डलर थियो ।  एडीडास र वेष्टबीचको करार तोडिएयता अमेरिकामा यिजीको विक्री ह्वात्तै बढेको छ । धेरैले भने जोगाएर राख्न जुत्ता किनिरहेका छन् । वेष्ट पेरिस फेसन वीकमा ‘ह्वाइट लाइभ्स म्याटर’ लेखिएको टी-शर्ट लगाएर आएका थिए । केही पछि उनले आफ्नो ट्विटर खातामा यहुदी विरोधी अभिव्यक्ति पोष्ट गरेका थिए । यसपछि तीन वर्षयता वेष्टसँगको सहकार्य कम्पनीले टुङ्ग्यायो । यसका कारण सन् २०२२ को अन्तिम तीन त्रैमासमा कम्पनीलाई ६० करोड यूरो घाटा भएको बताइएको छ ।  करार अन्त्यले आव २०२३ मा कम्पनीको मुनाफा कम्तीमा ५० करोड यूरो घट्ने बताइएको छ । एडिडासले जुत्ता बेच्यो नै भने पनि यसले यिजीलाई करारअनुसारको भुक्तानी गर्नुपर्नेछ । कम्पनीलाई दिएर बाँकी भएको पैसा उसले कुन प्रयोजनमा खर्चने भन्ने विचार गरिरहेको छ । वेष्टसँगको सम्झौता अन्त्यलाई गोल्डनले निकै दुःखद भने पनि यो सही कदम भनेको बताएका छन् । कम्पनीले थुप्रिएर बसेका जुत्ताहरूलाई के गर्ने भन्ने बारे निणर्य गरिसकेको छैन । एजेन्सी

डिजेल र मट्टितेलको मूल्य बढ्याे

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएकाे छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरेको हो। यो मूल्य बिहीबार रातिदेखि लागू हुने छ।यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ।आजमात्रै भारतीय आयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो।निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।

हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योगको ऋण भने करिब २० करोड रुपैयाँ पुगेको छ ।

हेटौंडा सिमेन्टको हालत : चार वर्षमा ८० करोड घाटा, २० करोड ऋण

हेटौंडा : सरकारी स्वामित्वमा रहेका उद्योग एकपछि अर्को धराशायी बनिरहेका वेला हेटौंडा सिमेन्ट उद्योग पनि त्यही बाटो पछ्याइरहेको छ।कुनै समयमा नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग चार वर्षयता अस्तित्व जोगाउनका लागि मात्रै सञ्चालनमा रहेको छ। उद्योगले पछिल्लो समय उत्पादनस्थल हेटौंडामा पनि आफ्नो कब्जा जमाउन सकेको छैन, प्राइभेट सिमेन्ट उद्योगसँगको प्रतिस्पर्धा त परको कुरा।उद्योगले उत्पादन गर्ने सिमेन्ट देशभरमै सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ। ‘गुडवि

तेलमै मासिक २५ अर्ब भन्दा बढी विदेशिन थाल्यो

काठमाडौं, १० माघ । पेट्रोलियम पद्धार्थको मूल्य बढ्दा मासिक २५ अर्बभन्दा बढी रकम विदेशिन थालेको छ । आज नेपाल आयल निगमले जनवरी महिनाको दोस्रो किस्ताको १३ अर्ब २० करोड पठाएको छ । विश्व बजारमा तेलको मूल्य प्रतिब्यारल ९० डलर रहेको छ । मूल्यवृद्धि निरन्तर भइरहेको छ । निगमले घाटा व्यहोरिरहेको छ । एक अर्ब ८० […]

सिंगापुर एयरलाइन्सको घाटा सवा ४ अर्ब सिंगापुर डलर

जेठ ६, सिंगापुर । सिंगापुर एयरलाइन्सले सवा ४ अर्ब सिंगापुर डलरभन्दा धेरै वार्षिक घाटा बेहोरेको छ ।  यो कम्पनीले बेहोरेको लगातार दोस्रो वार्षिक घाटा हो । कम्पनीले बुधवार बताएअनुसार मार्च ३१ मा सकिएको १२ महीनामा घाटा ४ अर्ब २७ करोड सिंगापुर डलर रहेको छ ।  यो विश्लेषकहरुले अनुमान गरेकोभन्दा धेरै हो । सो अवधिमा घाटा ३ अर्ब २७ करोड सिंगापुर डलर रहने रिफिनिटिभको सर्वेक्षणले देखाएको थियो ।  समीक्षा अवधीको घाटा अघिल्लो आवको तुलनामा निकै घेरै हो । त्यतिबेला कम्पनीको घाटा २१ करोड २० लाख सिंगापुर डलर मात्रै रहेको थियो । त्यतिबेला महामारीका कारण एक त्रैमासको व्यापार मात्रै प्रभावित भएको थियो । समीक्षा अवधिमा कम्पनीको वार्षिक आम्दानी ७६ दशमलव १ प्रतिशतले घटेर ३ अर्ब ८३ करोड सिंगापुर डलरमा आएको छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटको प्रभाव कम गर्न क्म्पनीले ६ अर्ब २० करोड सिंगापुर डलर बराबरको परिवत्र्य ऋणपत्र जारी गर्ने भएको छ । एजेन्सी

हिरोलाई फिल्मबाट निकाल्दा २० करोड घाटा : RajdhaniDaily.com -

RajdhaniDaily.com | मुम्बई । बलिउड फिल्म निर्माता करण जौहरले एउटा सनकको निर्णयमा २० करोड रुपैयाँ घाटा सहनु परेको छ । उनले आफ्नो कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा छायांकन -

व्यापार घाटा साढे ८ खर्बभन्दा माथि

८ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा माथि पुगेको छ । उच्च आयात र कमजोर निर्यातको प्रभाव व्यापार घाटामा देखिएको हो । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कोरोना भाइरस महामारीमा केही सुस्ताएको […]

शीर्ष क्लबलाई साढे तीन अर्ब युरो घाटा | Nagarik News - Nepal Republic Media

गत सिजन युरोपका विभिन्न लिगका प्रमुखहरूको बैठकमा यस्तो निष्कर्ष निस्किएको हो । घरेलु लिग तथा युरोपका अन्य प्रतियोगिता पूरा नभएको खण्डमा त्यो घाटा ६ अर्ब २० करोड युरोसम्म पुग्न सक्छ । शनिबारबाट जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने प्रिमियर लिग जुन १२ मा सुरु हुने गरी तयारी भइसकेको छ ।