राष्ट्रिय विपद् प्राधिकरणले सरकारबाट पायो २० करोड रूपैयाँ, प्रभावित जिल्लामा रकम पठाइदै

काठमाडौं। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारबाट २० करोड रूपैयाँ प्राप्त गरेको छ। सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा जिल्लामा पठाउन सुरु गरिएको छ। म्याग्दी जिल्लामा २४७ निजी घरहरू पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि १ करोड ८ लाख ९७ हजार ५ सय रूपैयाँ पठाइएको प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले जानकारी दिए।

सम्बन्धित सामग्री

भारतीय दूतावासलाई रकम बाँड्न दिनु राष्ट्रिय हित विरुद्ध : चित्रबहादुर केसी

२१ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालका विकास योजनामा सिधै भारतीय दूतावासले २० करोड रुपैयाँसम्म बजेट दिन पाउने गरी भएको सम्झौताको विरोध गरेको छ । १९ पुसमा भएको नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनामा भारतको नेपालस्थित राजदूतावासले २० करोड रुपैयाँ सोझै दिन पाउने समझदारी गरेको थियो । राष्ट्रिय जनमोर्चाका […]

पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा मनलाग्दी २० करोड लगानी नगर्ने बताएका छन् । नेपाल–भारतबीच बिहीबार भएको सम्झौताअनुसार भारतले नेपाल आफू खुसी २० करोड रुपैयाँँ खर्च गर्न सक्ने भनिएका बेला प्रधानमन्त्री प्रचण्डले भारतले पालिकामार्फत २० करोड रुपैयाँ लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले […] The post पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतसँग भएको २० करोड लगानीसम्बन्धी सम्झौतामा मसालको आपत्ति

काठमाडौं– भारतसँग नेपालले गरेको उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै नेकपा मसालले आपत्ति जनाएको छ । भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने सम्झौताबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको मसालका प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी वक्तव्यमा जनाइएको छ । ‘विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको […]

२० करोड लगानीमा ‘सिसै पार्क भिलेज’ सञ्चालन

चितवन। रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई टिपिकल, स्थानीय परिकार पस्कने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरिकृष्ण उपाध्यायले जानकारी दिए । साढे १२ कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सञ्चालनमा ल्याइएको हो । सञ्चालक उपाध्यायका अनुसार रिसोर्टमा दुई सुविधासम्पन्न भवनमा १२ ओटा डिलक्स रुम, दुईओटा सेल्फ किचेन अपार्टमेन्ट, स्वीट रुम, कमन रुम, दुईओटा सभा हल, रेस्टुरेन्ट एन्ड बार, स्वीमिङ पुल लगायत संरचना छन् । रिसोर्टमा एकैपटक करीब सय जना पर्यटकलाई सेवा दिने क्षमता छ । रिसोर्टबाट सिसै पिकनिक स्पट, टिकौली जंगल, वन्यजन्तु लगायत दृश्य अवलोकन गर्न सकिने अर्का सञ्चालक सुवेदीले बताए । निकट भविष्यमा थप ३० करोड लगानी गरी रिसोर्टलाई विस्तार गरिने जानकारी उनले दिए । रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय हाँस, कुखुरा, तरकारी लगायत उत्पादनको खपत बढेको सुवेदीले बताए । रिसोर्टमा हाल प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी पाएका छन् । रिसोर्टले नयाँ अंग्रेजी वर्षको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।

तालिबानले पाकिस्तानमा वार्षिक २० करोड डलर आम्दानी गरिरहेको खुलासा

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी भूमिमा विभिन्न गतिविधिमार्फत् वार्षिक २० करोड अमेरिकी डलर आम्दानी गरिरहेको एकजना पाकिस्तानी नेताले जनाएका छन् । पाकिस्तानी अनलाइन पोर्टल द न्युज पाकिस्तानका अनुसार पाकिस्तान पिपुल्स पार्टी पीपीपीका सिनेटर मुस्तफा नवार कोखारले तालिबानले पाकिस्तानी भूमिबाट २० करोड डलर आम्दानी गरिरहेको दाबी गरेका हुन् । आफूलाई राष्ट्रिय सभाको सुरक्षा समितिको बैठकका […]

२० करोड मुनिका आयोजना प्रस्ताव नगर्न मन्त्रालयलाई योजना आयोगको परिपत्र

काठमाडौँ । राष्ट्रिय योजना आयोगले २० करोड भन्दा मुनिका आयोजनाहरू प्रस्ताव नगर्न मन्त्रालयहरूलाई परिपत्र गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा पर्ने गरी नयाँ योजना तथा कार्यक्रम बनाउँदा २० करोड भन्दा कम लागतका आयोजनालाई दुरुत्साहनको नीति लिन मन्त्रालयहरूलाई कम लागतका साना तथा टुक्रे योजनाका लागि बजेट प्रस्ताव नगर्न भनेको हो । आयोगले […]

बैंकहरुको खराब कर्जा बढ्यो, राष्ट्रिय वाणिज्य बैंकको मात्रै ५ अर्ब ९५ करोड

वाणिज्य बैंकहरुको खराब कर्जाको दर बढेर ५० अर्ब नाघेको छ । हालै मात्र जारी २७ वटा वाणिज्य बैंकहरुको वार्षिक रिर्पोट अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैंकहरुको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ३५ लाखले थपिएर ५० अर्ब २० करोड रुपैयाँ पुगेको हो ।बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ३६ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.३६ प्रतिशत अर्थात् ५० अर्ब २० करोड रुपैयाँ रहेको बैंकर्स संघले जनाएको छ ।यस्तै अघिल्लो आर

सरकारले विपद् व्यवस्थापन गर्न प्राधिकरणलाई दियो २० करोड

काठमाडौं। सरकारले विपद् व्यवस्थापनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणलाई २० करोड रुपैयाँ दिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ। हालै म्याग्दीमा २४७ वटा निजी घरहरु पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पहिलो किस्तास्वरुप १ करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा २०.८४ प्रतिशतले कमि

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.८४ प्रतिशतले घटेको छ । बैंकले चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जनाएको हो । बैंकले अघिल्लो वर्ष २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । यस वर्ष भने जम्मा एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ ।बैंकको नाफालाई स्प्रेड […]