सिरियामा जारी नरसंहारको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि एक घण्टा धर्ना दिँदै सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गरेको हो। धर्नामा सहभागीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न…