मंसिर २४, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले शेयरधनीलाई बम्पर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।