काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो ।
सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्