हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

हिमालयन डिष्टिलरीले यस वर्ष २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले यसवर्ष कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मङ्सिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको अधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रूपैयाँ रहेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज पर्सामा विहान १० बजे सभा शुरू हुनेछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले गत वर्ष ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले कम लाभांश वितरण गर्न लागेको हो ।

हिमालयन लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफालाई सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई स्वीकृति प्रदान गर्दै नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णयसमेत मङ्सिर ८ गतेको बैठकले गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम १० करोड ५३ लाख रुपैयाँभन्दा बढी छ । रिटेन्ड अर्निङ १ करोड १ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । सिभिल लघुवित्तले नाम परिवर्तन गरी हिमालयन लघुवित्त कायम गरेको हो । यस कम्पनीले विगतका वर्षहरूमा अधिकतम् २० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले हालसम्मकै बढी १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि ) वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत लाभांश दिने भएको छ । २६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल काय चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ […]

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले […]

हिमालयन बैंकले १९ प्रतिशत लाभांश दिने

हिमालयन बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई यो वर्ष १९.११% लाभांश वितरण गर्ने भएको छ। पौष ५ गते बसेको बैंकको संचालक समितिको ४२७आंै बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १९.११% लाभांश...

एचडीएलले घोषणा गर्यो ७० प्रतिशत लाभांश

हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल)ले आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने भएको हो ।आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल घोषणा गरेपनि गत वर्षको तुलनामा कम्पनीको लाभांश वितरण घटेको छ । गत आर्थिक वर्ष कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी सतप्रतिशत लाभांश वितरण गरेको थियो ।चालू आर्थिक वर्षमा भने गत वर्षको तुलनामा ३० प्रति

हिमालयनको २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...

मर्जर असफल भएपछि हिमालयन र इन्भेस्टमेन्टले ३ वर्षसम्म लाभांश बाँड्न पाउँदैनन्

काठमाडौँ- हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया असफल भएपछि यी दुवै बैँकले तीन वर्षसम्म लाभांश वितरण गर्न नपाउने भएका छन्। मर्जर प्रक्रिया अन्तिम समयमा असफल भएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ३ वर्षसम्म लाभांश पनि दिन नपाउने राष्ट्र बैँकका एक अधिकारीले जानकारी दिए। […]

हिमालयन डिष्टिलरीद्वारा शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा

पुस ७, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी जम्मा १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले प्रस्तावित लाभांश पारित गर्न आगामी पुस २८ गते बुधवार रजिष्टर्ड कार्यालय लिपनिविर्ता, पर्सामा २१ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको नाममा दर्ता कायम रहेको ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा विक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने ५ जना सञ्चालक सदस्यको निर्वाचनद्वारा चयन गर्ने, कम्पनीको चुक्तापूँजी वृद्धि भएअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिन बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५० प्रतिशत नगद लाभांश गरेर कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । चुक्तपूँजी ८६ करोड ७७ लाख रहेको उक्त कम्पनीको पूँजी प्रस्तावित बोनस वितरणपछि डेढ अर्ब रुपैयाँ नाघ्ने छ ।   कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. २१ करोड १२ लाख ८१ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष खुद नाफा १२ दशमलव ७० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १८ करोड ७४ लाख ६८ हजार खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफा करीब १२ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. २६ करोड ४८ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २९ करोड ६५ लाख २७ हजार यो नाफा गरेको हो । कम्पनीको कुल सञ्चालन नाफा करिब १८ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ३७ करोड ८७ लाख ७८ हजार कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ६८ लाख ५६ हजार कुल सञ्चालन आम्दानी गरेको हो । जगेडा कोष रकम पनि गत वर्षभन्दा यस वर्ष ५६ दशमलव २७ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ९७ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २५५ दशमलव ३७ रहेको छ ।

हिमालयन बैंकको २६ प्रतिशत लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश वितरण गर्ने घोषणा गरेको छ।