देशका आर्थिक परिसूचकहरू यति बेला दबाबमा छन् । व्यापार घाटा चुलिएको छ । विदेशी मुद्रा सञ्चितीमा चाप छ । सोधनान्तर स्थिति घाटामा छ । बजेट खर्च हुन सकेको छैन । बैंकहरुमा तरलता अभाव छ । यस कारण पनि देशको अर्थतन्त्र श्रीलङ्काकै अवस्थामा पुग्न लागेको टिप्पणी सर्वत्र भइरहेका छन् ।