सरकार र गभर्नरबीच विवाद, वास्तवमा को के चाहन्थ्यो ?

तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनि उनका विश्वासपात्र डा. युवराज खतिवडा अर्थमन्त्री सहितको सेट मिलेको आफ्नो हितैषी टिममा बसेर काम गर्दा गभर्नर महाप्रसाद अधिकारीलाई आनन्द थियो । सायद अधिकारीले पाँच बर्षको सरकारमा आफ्नो पूर्ण कार्यकालमा मनमौजी काम गर्ने चाहना बनाएका थिए होलान् । तर खरो स्वभावका जनार्दन शर्मा अर्थमन्त्री बनेर आएपछि अधिकारीको चाहनामा कुनै ब्रेक लाग्न सक्ने भय जागेको हुन सक्छ अथवा कुनै विचारप्रतिको रुझान वा व्यक्तिप्रतिको श्रद्धाले अर्थ मन्त्रालयमा आएको नयाँ व्यक्ति उनका लागि