आखिर किन प्रधानमन्त्री ओलीले विनोद चौधरीको नाम 'नोट' गर्न लगाए? मोबाइलको लाइसेन्ससँग जोडिएको अन्तर्कथा

काठमाडौं : २०७४ जेठ दोस्रो साता, अर्थ मन्त्रालयको आफ्नो टीम लिएर मन्त्री डा. युवराज खतिवडा बजेटका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए। साँझको समय थियो, डिनरपछि अर्थ मन्त्रालयको टीमले बजेटका विविध विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न थाल्यो। छलफल चलिरहेको थियो। प्रसंगवश मन्त्रालयको टीम मध्येका एक