काठमाडौंमा किन पक्राउ पर्दैनन् मोटरसाइकल चोर?

सोह्रखुट्टेका शेखर प्रधानको बा.४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलबाट पार्किङ गरेकै ठाउँबाट हरायो। भाइटीकाको दिन दिदीको घर जाँदा ‘लक' गरी राखेको बाइक हराएको थियो। उनले तत्काल धेरै खोजी गरे। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। तर, भेटेनन्। सोही मोटरसाइकल केही दिनअघि भेटियो, बा.४० प ८६ नम्बर प्लेटमा। महानगरीय ट्राफिक प्रहरी कार्यालयको…

सम्बन्धित सामग्री

मोटरसाइकल चोर विरुद्ध काठमाडौंमा प्रहरीको ‘अपरेसन बाइक हन्ट’

काठमाडौं । मोटरसाइकल चोर विरुद्ध प्रहरीको काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘अपरेसन बाइक हन्ट’का क्रममा पाँचजना पक्राउ परेका छन् । काठमाडौंका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासोपछि प्रहरीले उनीहरु विरुद्ध‘अपरेसन बाइक हन्ट’ चलाएको हो । सो क्रममा प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।...

बाँकेबाट चोरिएको मोटरसाइकलसहित एकजना काठमाडौंमा पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट नियन्त्रणमा लिएको छ।कालीकोटको महावै गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्दै आइका २३ वर्षीय पञ्चबहादुर सिंहलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। उनलाई बाँकेको कोहलपुरबाट हराएको प्रदेश ३-०२,००३ प २४७३ नम्बरको २०० सिसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।उक्त मोटरसाइकलको वास्तविक नम्बर भे १० प ४३६२ भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल आशीष गुरूङको रहेको समेत पत्ता लागेको

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गए राति काठमाडौंको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा […]

काठमाडाैंमा मोटरसाइकल चोरी गर्ने गिराेहका सात जना पक्राउ

काठमाडौंमा मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनाकाे गिरोह पक्राउ परेकाे छ ।

मोटरसाईकल चोरीमा संलग्न सातजना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राम शाह पथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक...

काठमाडौंमा रोकिएन मोटरसाइकल चोरी

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरूपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् ।  मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । शुक्रवार मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गर्‍यो...

भारतमा चोरेका गाडी र मोटरसाइकल बेच्न काठमाडौंमा सैनिक कर्मचारीको सहयोग !

भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न सैनिक कर्मचारी नै संलग्न रहेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट राखेर चोरीका गाडी बेचेको आरोपमा नेपाली सेनाका जवान कृष्ण रोकाया उर्फ किसनलाई पक्राउ गरेको छ । नेपाली सेनाका जवान रोकाया र कञ्चनपुर घर भएका अर्जुन कठायतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । महाशाखाबाट खटिएको टोलीले रोकाया र कठायतले बेच्ने तयारी गरिरह

काठमाडौंमा दिउँसै खुकुरी हानेर लुटपाट, पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलमा खुकुरी प्रहार गरी दिउँसै लुटपाट भएको छ । लुटेरा समूहको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् भने सो समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । यही पुस १५ गते दिउँसो मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद एक लाख ६६ हजार नौ सय १५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो । चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ । खोजतलासका क्रममा लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं असन बस्ने रोहन नेपाली शाही (२९ वर्ष), थानकोट बस्ने भय तुलाधर, (२२ वर्ष), जुम्लाको सिंजा घर भई बसुन्धरा बस्ने हरि शर्मा (२६), चक्रपथ बस्ने अमित तुलाधर (२७) र सोही स्थानका रोहित शाही (१८ वर्ष) रहेका छन् । पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरु जस्तै चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको खुलेको छ ।

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

काठमाडौं । उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्राउ परेको छ । बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले तारकेश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौंको म्हैपीबाट ४ जना गरी पाँच जनालाई पक्राउ गरेको हो । म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका–५ घर भई हाल काठमाडौं झोर बस्ने वर्ष २२ को किरण लामा, सोही ठाउँ घर भइ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका–१ घर भई हाल जिल्ला मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका–४ घर भई हाल तार्केश्‍वर नगरपालिका–१० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परेकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । यस्तै, धर्मस्थलीबाट नुवाकोटको काउले गाउँपालिका–५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्बरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । उक्त नम्बरको मोटरसाइकल मिति गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन दिएका थिए । सो निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।